तोडफोड र आगजनीपछि कास्की प्रशासन कार्यालय आंशिक रूपमा सञ्चालनमा

पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा सामान्य सरसफाइ र मर्मतसम्भारपछि आजदेखि कार्यालयका केही अत्यावश्यक सेवा फेरि सुरु गरिएको छ २४ भदौमा भएको तोडफोड, आगजनी र लुटपाटका कारण ठूलो क्षति पुगेको थियो ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै २९ भदौदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । कार्यालयका संरचना र सामग्रीमा ठूलो क्षति पुगेकाले सबै सेवा एकैपटक सञ्चालन गर्न नसकिने र चरणबद्ध रूपमा विस्तार गर्दै लगिने सूचनामा उल्लेख छ ।
कार्यालयका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवाहरूलाई पनि क्रमिक रूपमा सुचारु गर्दै जाने र त्यसबारे पूर्व जानकारी दिइनेछ ।
जिल्ला प्रशासन कार्यालयमा तोडफोड, आगजनी र लुटपाटका घटनापछि सार्वजनिक सेवामा अवरोध पुगेको थियो । कास्की प्रशासनले भने विषम परिस्थितिमा पनि सार्वजनिक सेवामा निरन्तरता दिन आफूहरु प्रतिबद्ध रहेको जनाएको छ ।









चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
पर्वतीय महोत्सव र जलवायु संकट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया