पोखराका मेयर उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष दमकलमा- सूचीसहित

पोखरा । पोखरा महानगरपालिकाले वैकल्पिक व्यवस्था गरी सेवा प्रवाह गर्ने भएको छ ।न–जी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवनमा गरिएको आगजनीका कारण कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । आन्दोलनकारीहरूले भवनका अधिकांश कोठामा आगो लगाउँदा महत्त्वपूर्ण कागजातदेखि कार्यालयका सामग्री खरानी भएका छन् भने प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तोडफोड गरिएको छ । साथै कार्यालयका केही सामग्री चोरी भएको महानगरले जनाएको छ ।
महानगरले आज सार्वजनिक सूचना जारी गर्दै अराजक र प्रतिशोधपूर्ण ढंगले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने यो कार्य निन्दनीय भएको प्रतिक्रिया जनाएको छ । विद्यमान संवैधानिक व्यवस्थाले असन्तुष्टि प्रकट गर्ने अधिकार सुनिश्चित गरेको भए पनि सार्वजनिक सम्पत्ति जलाउने र कर्मचारीलाई आतङ्कित गर्ने कार्य अपराध भएको भन्दै दोषीहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने बताइएको छ ।
आगो लाग्दा नगरवासीका लागि प्रमुख अड्डाका रूपमा रहेको भवन प्रयोग अयोग्य भएपछि महानगरले वैकल्पिक संरचनाबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सूचना अनुसार, अवरुद्ध रहेका सेवाहरूलाई आगामी आश्विन १ गतेदेखि सुचारु गर्ने निर्णय भएको छ ।
प्राथमिक रूपमा महानगर मातहतका अन्य संरचनाहरूको प्रयोग गरेर सेवा दिने र सबै महाशाखा र शाखाहरूलाई वैकल्पिक कार्यस्थलबाट सञ्चालन गरिने महानगरले जनाएको छ । यस्तै, आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त भएका वडा कार्यालयहरूको सेवासमेत आश्विन १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
महानगरले चोरी भएका सामग्रीहरूबारे पनि सार्वजनिक अपिल गर्दै, “महानगरपालिका, वडा कार्यालय लगायत मातहतका कार्यालयहरूबाट कोही कसैले सामग्री लगेको भए इमानदारपूर्वक फिर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ,” भनेको छ ।
हेर्नुहोस् कुन कार्यालय कहाँ रहनेछन्









जेन्जी आन्दोलनका क्रममा मारिएका प्रहरी अमृतको रुपा घरमा गृहमन्त्री र आइजिपी
कांग्रेसले डाक्यो केन्द्रीय समितिको आकस्मिक बैठक
खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया