कलाकारद्वारा कास्की प्रहरीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

पोखरा–
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले जिल्ला प्रहरी कार्यालय कास्कीलाई एक थान कम्प्युटर र एक थान प्रिन्टर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाइ हस्तान्तरण गरेको छ ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष शंकर विरही गुरुङ, केन्द्रीय सचिव सुवाश मल्ल, निवर्तमान केन्द्रीय उपमहासचिव मनकुमार श्रेष्ठ, गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र सापकोटा, केन्द्रीय सदस्य जीवन दाहाल, गण्डकी प्रदेश सचिव भुपेन बानियाँ, समाजसेवी वेद बहादुर जिसी, महासंघ पर्वतका अध्यक्ष दिपक गदाल लगायतको टिमले जिल्ला प्रहरी कार्यालय, कास्की परिसर पुगि कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
आन्दोलनका कारण कार्यालय पूर्णरुपमा जलेर नष्ट भई दैनिक कामकाज ठप्प भएको अवस्थामा काम कार्वाही सुचारु गर्न सजिलो होस् भन्ने हेतुले तत्काल आवश्यक उपकरण उपलब्ध गराइएको उनीहरूले बताए। समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने संस्थाहरूमा उपस्थित भइ सहयोग गर्नु कलाकारहरूको सामाजिक दायित्व र कर्तव्य दुवै हो भन्ने अध्यक्ष शंकर विरही गुरुङले बताए ।
आन्दोलनमा आन्दोलनकारीहरुले डोजरसहित जिल्ला प्रहरी कार्यालयमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । प्रहरीले कार्यालय छाड्नुपरेको थियो भने केही हतियार लुटिएको र केही पुनः फिर्ता भएको प्रहरीले जनाएको छ। उक्त प्रदर्शनकै क्रममा पोखराका अधिकांश सरकारी निकाय तोडफोड र आगजनीको शिकार बनेका छन्।








चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण
नवरत्नलाई सम्मान गर्दै महानगर
सम्पादक कोइराला पुरस्कृत
पर्वतीय महोत्सव र जलवायु संकट
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया