आन्दोलनलाई उक्साउने गरी फेसबुकमा स्टाटस लेखेका कारण पर्वतमा वडाध्यक्ष पक्राउ
समाधान संवाददाता
२०८२ भदौ २९ गते १९:४०

पोखरा । जेन–जी आन्दोलनलाई उक्साउने शैलीमा सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा पर्वतको फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टका अनुसार आइतबार वडा कार्यालयमै पुगेर तिवारीलाई पक्राउ गरिएको हो। विद्युत्तीय कारोबार ऐनअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तिवारीले सामाजिक सञ्जालमार्फत ‘बालुवा तस्कर, तस्करका संरक्षक र केही भ्रष्ट नेता–कर्मचारीलाई जेन–जीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको’ भन्दै घृणात्मक टिप्पणी गरेको प्रहरीले आरोप लगाएको छ।
तिवारी फलेबास नगरपालिकाका प्रवक्ता तथा नेपाली कांग्रेस पर्वतका प्रवक्तासमेत हुन्।
सम्बन्धित









आफ्नै जन्मथलो कास्की-३ बाट चुनाव लड्न दाहाललाई आग्रह: बुहारी सिर्जनासहित १५ जनाको आकांक्षा
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा प्रदीप पौडेल महामन्त्रीमै लड्ने
संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया