सकारात्मक परिवर्तनको बाटो : नागरिकदेखि सरकारसम्म

लोकतान्त्रिक प्रणालीमा राष्ट्र निर्माणको मेरुदण्ड भनेकै जनता र शासनबीचको सन्तुलित सम्बन्ध हो। लोकतान्त्रिक प्रणालीमा सरकार र नागरिकबीचको सहकार्य र विश्वासले मात्र समाजले अपेक्षित प्रगति, सुशासन र स्थायित्व हासिल गर्न सक्छ। तर नेपालको वर्तमान यथार्थ नियाल्दा, यो तालमेल क्रमशः कमजोर बन्दै गएको अनुभूति हुन्छ। एकातिर जनता आत्मालोचनाबाट टाढा हुँदै जिम्मेवारीविहीन बन्दै गएका छन् भने अर्कोतिर शासन प्रणाली पारदर्शिता, जवाफदेहिता र निष्ठाबाट विमुख देखिन्छ।
यसको प्रत्यक्ष परिणामस्वरूप हामी आफ्नै ऐतिहासिक सम्पदा, सरकारी तथा निजी सम्पत्ति सुरक्षित गर्न असफल भयौँ, सामाजिक एकता, भावनात्मक सम्बन्ध र असल संस्कृतिबाट क्रमशः विच्छेदित हुँदै गयौँ। यस्तो अवस्थाले समाजलाई प्रगतिपथतर्फ अघि बढाउनुको सट्टा खण्डहर र निराशाको दिशातर्फ धकेलिरहेको छ। अब राष्ट्र निर्माणलाई सही बाटोमा डोर्याउन, जनताको सक्रिय सहभागिता, उत्तरदायी नेतृत्व र पारदर्शी शासन संस्कृतिको पुनःस्थापना अनिवार्य देखिन्छ।
आज हाम्रो अर्थतन्त्र संकटमा छ। उत्पादनमुखी क्षेत्र कमजोर हुँदै गएको छ, आयातमुखी अर्थतन्त्रले मुलुकलाई विदेशी बजारमा निर्भर बनाएको छ। पर्यटन, जुन नेपालका लागि जीवन्त स्तम्भ मानिन्छ, प्रायः राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र विश्वव्यापी महामारीजस्ता कारणले आघात खेपिरहेको छ। पर्यटन क्षेत्रले लाखौँ नागरिकलाई रोजगारी दिन सक्ने क्षमता राख्दछ, तर अव्यवस्थित नीतिगत व्यवस्थापन र दीर्घकालीन रणनीतिक सोचको अभावले यसको उपयोग हुन सकेको छैन।
रोजगारी संकट पनि दिनप्रतिदिन गहिरिँदै गएको छ। लाखौँ युवाहरू श्रम गर्न खाडी मुलुक र अन्य विदेशी भूमिमा पलायन भएका छन्। देशमै उद्यम गर्न सक्ने सीप र ऊर्जा भएका युवाहरू निराश भएर बाहिरिन बाध्य हुनु हाम्रो सामाजिक संरचनाका लागि गम्भीर चुनौती हो। विदेशमा कमाएको श्रम वैदेशिक मुद्राको रूपमा भित्रिए पनि त्यसले उत्पादनशील अर्थतन्त्र निर्माण गर्न सकेको छैन। यो दिगोपन होइन, केवल अस्थायी राहत मात्र हो।
भौतिक संरचनाको अवस्थाबारे कुरा गर्दा पनि मिश्रित परिणाम देखिन्छ। कतिपय सडक, पुल, ऊर्जा र सञ्चार परियोजनाले विकासको आशा जगाए पनि अव्यवस्थित योजना, ढिलासुस्ती, लागत वृद्धि र गुणस्तरहीनता जस्ता समस्याले नागरिकको भरोसा घटाइरहेको छ। आज पनि धेरै गाउँहरू यातायात र आधारभूत सेवाबाट बञ्चित छन्। यसले विकासलाई असमान र असन्तुलित बनाइरहेको छ।
यस्तो चुनौतीपूर्ण अवस्थामै अहिले सकारात्मक उत्प्रेरणा अपरिहार्य भएको छ। यस अर्थमा उत्प्रेरणा केवल व्यक्तिगत ऊर्जा होइन, सामूहिक चेतनाको रुप हो।
यस्तो चुनौतीपूर्ण अवस्थामै अहिले सकारात्मक उत्प्रेरणा अपरिहार्य भएको छ। यस अर्थमा उत्प्रेरणा केवल व्यक्तिगत ऊर्जा होइन, सामूहिक चेतनाको रूप हो। सरकारले पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्छ, अनि जनता पनि मौन दर्शक नभई प्रश्न गर्ने, सुझाव दिने र निर्णय प्रक्रियामा सक्रिय सहभागिता जनाउने अभ्यास गर्नुपर्छ। नागरिकको आवाजलाई बेवास्ता गरेर शासन स्थिर हुन सक्दैन, र जनता निष्क्रिय भएर बसेर सुशासन प्राप्त गर्न सकिँदैन।
समानता र न्याय आजको अर्को ठूलो माग हो। शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवामा समान पहुँच नहुँदा समाजमा असन्तोष मात्र बढिरहेको छ। यही असन्तोषले आन्दोलन र हिंसामा परिणत भएर सम्पत्ति र संस्कृतिलाई नष्ट गरेको तीतो यथार्थ आज हाम्रो सामु छ। त्यसैले शासनले विभेदमुक्त, न्यायपूर्ण र समावेशी नीति जुन हाम्रो संविधानमा उल्लेख गरिएको छ, त्यसलाई पारदर्शी ढङ्गले कार्यान्वयन गर्नुपर्छ।
आज नेतृत्वले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्ने बेला आएको छ। भ्रष्टाचार, स्वार्थ र अल्पकालीन लाभमा रमाउने प्रवृत्तिले हाम्रो राज्य संयन्त्रलाई निस्तेज बनाएको छ। अब आवश्यक छ— ईमानदार नेतृत्व, दीर्घकालीन दृष्टिकोण र जनताप्रति उत्तरदायी प्रशासन। जब नेता र शासकले आफ्नो कमजोरी स्वीकार्छन्, सुधारको बाटो रोज्छन् र जनताको पीडा बुझ्छन्, तब मात्र नागरिकले विश्वास गर्न थाल्छन्।
यस कठिन घडीमा नागरिकका लागि आत्मालोचना अपरिहार्य छ। हामी आफैंसँग प्रश्न सोध्नुपर्छ— हाम्रो गन्तव्य के होरु हामीले चाहेको लोकतन्त्र कस्तो होरु हाम्रो भू-राजनीति र सामाजिक संस्कारले हामीसँग के माग गर्छरु यी प्रश्नको स्पष्ट जवाफ खोज्नु नै आजको आवश्यकता हो। लोकतन्त्रको वास्तविक सौन्दर्य भनेकै प्रत्यक्ष सहभागिता हो। त्यसैले हामीले केवल चुनावमा मतदान गरेर कर्तव्य पूरा भयो भन्ने सोच त्याग्नुपर्छ। नीति, योजना र कार्यान्वयनको प्रत्येक तहमा नागरिकको निगरानी, सुझाव र सहभागिता हुनुपर्छ।
आजको चुनौती समाधान गर्न सजिलो छैन, तर असम्भव पनि होइन। नागरिक चेतना, सकारात्मक सोच, साझा उत्तरदायित्व र ईमानदार शासन मिलेर मात्र बलियो बहुमतसहितको स्थिर सरकार सम्भव हुन्छ। यस्तै सरकारले मात्रै आर्थिक संकट समाधान गर्न, पर्यटन पुनर्जीवित गर्न, रोजगारी सिर्जना गर्न र भौतिक संरचना दिगो बनाउन सक्छ। यही बाटोमार्फत मात्र हाम्रो राष्ट्रिय सपना साकार हुन्छ र नेपाल उज्यालो भविष्यतर्फ अघि बढ्छ।
शर्मा गण्डकी बोर्डिङ स्कुलकी शिक्षिका हुन् ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया