मुख्यमन्त्री पाण्डे अध्यक्षताको सुरक्षा बैठक: लुटिएका हतियार फिर्ता गर्न आह्वान, नफर्काए कारबाही

पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा आज बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले भदौ २३ र २४ गते मुलुकमा भएको आन्दोलनका कारण प्रदेशको शान्ति सुरक्षामा परेको प्रभावबारे विस्तृत छलफल गरेको छ। बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ र उनीहरूका परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ।
बैठकको महत्त्वपूर्ण निर्णयमध्ये लुटिएका हतियार फिर्ता गर्ने सम्बन्धमा कडा कदम चालिने उल्लेख छ। सुरक्षा निकाय र सुरक्षाकर्मीबाट लुटिएका हतियार हालसम्म फिर्ता नभएकाले सर्वप्रथम सञ्चार माध्यममार्फत फिर्ताका लागि आह्वान गरिनेछ। समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रूपमा कानुन बमोजिम कारबाही प्रक्रियामा लगिने बैठकले जनाएको छ।
आन्दोलनका कारण उत्पन्न भएको असामान्य अवस्था क्रमशः सुधार हुँदै गइरहेको र सो क्रममा भएका सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ-आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गरिएको छ। शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने निर्णय पनि बैठकले गरेको छ।
बदलिँदो परिस्थिति र सम्भावित शान्ति सुरक्षा चुनौतीलाई मध्यनजर गरी स्थानीय नागरिक समाज समेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्ति सुरक्षालाई सामान्य बनाई राख्ने निर्णय गरिएको छ।
वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने बैठकले निर्देशन दिएको छ। वर्तमान सन्दर्भ समेतलाई दृष्टिगत गरी चाडपर्व लक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया