तनहुँका २ जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

समाधान संवाददाता २०८२ असोज १ गते १६:३७
Original Title: Aa_FC3_10a.jpg

दमाैली ।

Advertisement

तनहुँमा दुई जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा मङ्गलबार परीक्षण गर्दा ती पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।

Advertisement

यसअघि गत भदौ १० गते भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क, परीक्षण तथा जनचेतना कार्यक्रम गरेको थियो ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया