गण्डकी मन्त्रिपरिषद्काे निर्णय–गोष्ठी, भ्रमण, तालिम स्थगित, बैठक भत्ता नलिने
प्रदेश सरकारले चालु आर्थिक वर्ष कर्मचारी काजमा नखटाउने

पोखरा ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी संरचना, सवारीसाधन, फर्निचर, कम्प्युटर तथा अभिलेखसमेत ध्वस्त भएपछि सेवा प्रवाह नै अवरुद्ध भएको छ । आन्दोनलले ठूलो क्षति पु¥याएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिमलाई स्थगित गर्ने निर्णय भएको छ । यस्तो निर्णयले ठूलो मात्रामा रकम बचत हुने र त्यो रकम पुनर्निर्माण तथा मर्मतमा लगाइने सरकारका आर्थिक मामिला तथा सरकारका प्रवक्ता टकराज गुरुङले बताए । ‘यो निर्णयले ठूलो मात्रामा रकम सञ्चित हुन्छ । उक्त रकम पुनर्निर्माण र मर्मतमा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।’ यद्यपि प्रदेश सरकारले कति रकम बचत हुन्छ अहिले नै याकिन भएको उनले जानकारी दिए । ‘भर्खर निर्णय भएको छ । कति बजेट बचत हुन्छ, मन्त्रालयले याकिन गर्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । यत्ति भन्छु, हामीले धेरै रकम पुन निर्मामा लगाउन सक्र्छौैं,’ उनले भने ।
यस्तै प्रदेश सरकार मातहतका पदाधिकारीहरूले बैठक भत्ता नलिने निर्णय गरेको छ । यसमा राजनीतिक नियुक्ति जस्तै, मन्त्रिमण्डलका सदस्य, अन्य पदाधिकारी, योजना आयोगका उपाध्यक्ष र सदस्य, प्रदेश न्यायाधिवक्ता कार्यालय र कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरिएको हो ।
यस्तै मन्त्रिपरिषद्ले बैठकले तत्कालका लागि कर्मचारीलाई अन्यत्र काजमा नखटाउने निर्णय गरेको छ । हालको परिस्थितिमा कर्मचारी स्थानान्तरण वा काजमा पठाउँदा सेवामा थप अवरोध आउन सक्ने भएकाले यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
प्रवत्ता गुरुङले आन्दोलनले पु¥याएको क्षतिलाई गम्भीरतापूर्वक मूल्यांकन गरेर अघि बढ्ने जानकारी दिए । ‘आन्दोलनका कारण सरकारी निकायहरूमा ठूलो क्षति भएको छ । कतिपय भवन कामै नलाग्ने अवस्थामा पुगेका छन् । त्यसैले तत्काल मर्मत गर्ने र प्रयोगै गर्न नसक्ने भवन पुनर्निर्माण गर्ने निर्णय भएको हो,’ मन्त्री गुरुङले भने । मन्त्रिपरिषद्ले अत्यावश्यक सेवा तुरुन्त सुरु गर्ने निर्णय पनि गरेको छ ।
त्यसका लागि आन्दोलनले पु¥याएको सम्पूर्ण क्षतिको यकिन विवरण संकलन गर्ने भएको छ । यसका लागि सम्बन्धित मन्त्रालय र निकायलाई तथ्यांक तयार पार्न निर्देशन दिने निर्णय गरेको हो । क्षति ठ्याक्कै कति पुगेको भन्नेबारे अहिलेसम्म अनुमान मात्र सार्वजनिक भएको भन्दै सरकारले विस्तृत विवरण सार्वजनिक गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए । ‘जनतालाई आवश्यक पर्ने सेवा तुरुन्त दिनुपर्छ । त्यसैले सेवा अवरुद्ध हुन नदिन अस्थायी व्यवस्था मिलाइनेछ,’ उनले भने ।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मतका लागि नेपाल सरकारसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री गुरुङलले बताए । प्रदेश सरकार आफैंले मात्र ठूलो पुनर्निर्माण सम्भव नभएकाले संघीय सरकारसँग प्राविधिक र वित्तीय सहकार्य गर्नुपर्ने प्रवक्ता गुरुङले बताए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया