प्रधानमन्त्री, मन्त्रीका पिए र सल्लाहकारहरु : महादेवको घाँटीको सर्पजस्तै

उमेशप्रसाद मैनाली
प्रधानमन्त्रीले देशको शासकीय जिम्मेवारी वहन गर्नुपरेकाले निवासमा र प्रधानमन्त्री कार्यालयमा ठूलै आकारको निजी सचिवालय राख्ने गरिएको छ । गिरिजाप्रसाद कोइराला ०६३ सालमा प्रधानमन्त्री बनेपछि सिंहदरबारको भन्दा बालुवाटारको सचिवालय व्यस्त रहन थाल्यो । कोइरालाको स्वास्थ्यको कारण सिंहदरबारबाट हुने काम बालुवाटारबाट हुन थालेकोले यसो हुन गएको हो ।
प्रधानमन्त्रीको व्यापक जनसम्पर्कलाई व्यवस्थापन गर्न र दैनिक कार्यक्रम मिलाउन पनि उनको सचिवालय चुस्त हुन आवश्यक हुन्छ । यो सचिवालयमा सरकारी कर्मचारीहरू पनि स्वकीय सचिवमा नियुक्त हुने गरेका छन् र सरकारी सेवाबाहिरका विज्ञ, सहायक विज्ञ, स्वकीय सचिव आदि पद दिएर सचिवालयमा प्रधानमन्त्रीले नियुक्त गर्ने गरिएको छ । यसरी बाहिरबाट नियुक्त हुनेहरूको कुनै योग्यतासमेत तोकिएको छैन र आचारसंहितामा समेत बाँधिएका हुँदैनन् । प्रधानमन्त्रीनिकट भएकाले उनीहरू विभिन्न मन्त्रालयका काममा हस्तक्षेप गर्ने क्षमता राख्दछन् । सरकारी कर्मचारीहरूबाट स्वकीय सचिवमा खटिएकाहरू बिरलै बदनाम भएका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पिए नियुक्त भएकाबालानन्द पौडेल, शेरबहादुर देउवाले तीन पटकसम्म स्वकीय सचिव बनाएका गणेश ढकाल र ०५६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा स्वकीय सचिव भएका नेत्रबहादुर कार्की तीनै जना बदनाम भएनन् ।
गिरिजाप्रसाद कोइराला ०४८ सालमा प्रधानमन्त्री हुँदा स्वकीय सचिवालयमा लगिएका सहायक सचिव सुवीर खनालले भने निजामती सेवा ऐन, २०४९ मा सहायक सचिव पद नै हटाउन सफल भएको कर्मचारीवृत्तमा चर्चा हुने गर्दछ । ०४२ सालको सहायक सचिव र उपसचिव दुई तह कायम गरिएको थियो । खनाल आफै निजामती सेवा नियमावलीको संशोधनपश्चात् राजपत्राङ्कित द्वितीय श्रेणी सहायक सचिव थिए । प्रधानमन्त्रीलाई प्रभावमा पारेर नयाँ ऐनमा सहायक सचिव उनैले हटाउन लगाएको भन्ने सुनिएको हो ।
स्वकीय सचिवको काम मन्त्री निवासमा जनसम्पर्कलाई व्यवस्थित गर्ने हो तर उनीहरूको रुचि मन्त्रालयको सरुवा, बढुवा, ठेक्कापट्टा आदिमा हुने गर्दछ ।
जब कि प्रधानमन्त्री स्वयम् अध्यक्ष रहेको उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ ले हरेक श्रेणीमा दुई तह राख्ने उनीहरूले विश्वस्त पार्न सकेमा त्यो काम गरेरै छाड्ने स्वभावका थिए । आफैँले सुझाव दिएको थियो । गिरिजाप्रसाद कोइराला नजिक रहनेहरूको कुरा सुन्ने र दिएको सुझावविपरीत नयाँ ऐनमा सहायक सचिव पद नै हटाउनुले उनलाई स्वकीय सचिवालयभित्रकै कर्मचारीले प्रभाव पारेको बुझ्न सकिन्छ । एमालेका मनमोहन अधिकारी पछिका प्रधानमन्त्रीहरूले भने स्वकीय सचिवहरूमा सरकारी कर्मचारीहरू कम लाने गरेको र नेकपा माओवादीले पार्टीकै कार्यकर्ताबाट प्रधानमन्त्रीको स्वकीय सचिवालय चलाउने गरेको देखिन्छ ।
मन्त्रीहरूका निजी सचिवालय र स्वकीय सचिवालयहरू निकै भद्रगोल हुने गरेका छन् । स्वकीय सचिवालयमा विनायोग्यता र क्षमताका आसेपासेहरू नियुक्त गर्ने गरिन्छ । मन्त्रालयको निजी सचिवालमा सरकारी कर्मचारीहरू नै खटाइने हुँदा केही व्यवस्थित देखिए पनि स्वकीय सचिवहरूले मन्त्रालयको निजी सचिवालयमा समेत हाबी हुन खोजेको देखिन्छ । वन साङ्लाले घर साङ्लालाई लघारेजस्तै मन्त्रालयबाट खटिएका निजी सहायकलाई ओझेलमा पार्ने गरेका छन् । स्वकीय सचिवको काम मन्त्री निवासमा जनसम्पर्कलाई व्यवस्थित गर्ने हो तर उनीहरूको रुचि मन्त्रालयको सरुवा, बढुवा, ठेक्कापट्टा आदिमा हुने गर्दछ ।
कहिलेकाहीँ मन्त्रालयका सचिवसमेत यी स्वकीय सचिवको इसारामा काम गर्नुपर्ने विवसतामा पुगेको देखिन्छ । मन्त्रीको सधैं सामीप्यमा रहने र उसको नजिकको मानिस स्वकिय सचिव हुने भएकाले धेरैजसो मन्त्रीहरू यिनकै कुरा बढी सुन्ने गर्दछन् ।
मन्त्रालयको प्रशासनिक संयन्त्र र मन्त्रीहरूबीच स्वकीय सचिव र सल्लाहकारकै कारणले अविश्वासको वातावरण बनेको थुप्रै उदाहरण छन् । कम्युनिस्ट पार्टीहरूका मन्त्रीहरूलाई भने पार्टीले खटाएका पिएहरू राख्नुपर्ने बाध्यतासमेत देखिएको छ । नेकपा एमालेले ०५३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन सरकार सङ्गठनको बनाएपछि मन्त्रीहरूको निजी सचिवालयमा निजामती कर्मचारी सिफारिसमा निजी सचिव नियुक्त गर्नुपर्ने निर्णय एमालेले गरेको थियो । यसमा सहाना प्रधान, वामदेव गौतम र राधाकृष्ण मैनालीले असहमति जनाएको समाचार बाहिरिएको थियो । पार्टीले मन्त्रीको गुप्तचरी गर्न खटाएका पिएहरूसँग मन्त्रीहरू समेत सतर्क हुने गर्दथे । स्वकीय सचिवहरू बढी छाडा हुनु र निजी सहायकहरूले मन्त्री र दलको पुठ पाउनुले मन्त्रालयको काम गर्ने वातावरण नै खलबलिने गरेको छ ।
माथिका सन्दर्भहरू बढी नै नकारात्मक देखिए पनि यो सबैमा लागू भएको देखिँदैन । परिपक्व प्रधानमन्त्री र मन्त्रीहरू मन्त्रालयको स्थायी संयन्त्रलाई विश्वासमा लिएर काम गर्ने गर्दछन् । सूर्यबहादुर थापा ०६० सालमा प्रधानमन्त्री हुँदा सल्लाहकार समूहलाई व्यवस्थित गर्ने प्रयास गरेका थिए । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा उनका निजी सहायक सुधीर शाह सामान्य कामका लागि आफैँ गृह मन्त्रालयमा अनुरोध गर्न आएको मैले नै देखेको छु । सरकारी कर्मचारीहरू निजी सहायक हुँदा पदीय मर्यादा नाघेर सचिवसँग व्यवहार गरेको उदाहरण कम छन् तर केहीले भने मन्त्रालयको सङ्गठनको अनुशासन नै बिर्सेर सचिवमाथि मन्त्रीको आडमा गलत प्रभाव पार्न खोज्दछन् । मन्त्री पदबाट हट्नासाथ यिनीहरूको दुर्दशा पनि शुरु हुन्छ ।
महादेव र विष्णु भगवान् आपसमा वार्तालाप गरिरहँदा महादेवको घाँटीको सर्पले गरुडलाई लड्न धम्की दिएछ । गरुडको छाया मात्र परे पनि बेहोस हुने सर्पको चुनौतीपछि गरुडले महादेवको घाँटीबाट तल झर, म तेरो हैसियत देखाइदिन्छु भनेछन् । मन्त्रीको पद चट् भएपछि यिनीहरूको हैसियत पनि पानी साँपको जस्तो हुन पुग्दछ ।
सारांशमा मन्त्रीका सल्लाहकार र पिएहरू प्रशासनिक विकृत्तिका कारण बनेका छन् । आफ्नो सीमा बुझ्ने सल्लाहकार कम देखिएका छन् र यसका लागि योग्य पनि कमै देखिएका छन् । त्यस्तै फुक्का साँढेजस्तै विना हैसियत मन्त्रालयमा रजगज गर्न खोज्ने स्वकीय सचिवहरू सङ्गठनका ऐजेरु हुन् । मन्त्रीहरूले पुलपल्याएका यिनीहरूले अवैध काममा समेत रुचि राख्ने गरेको देखिन्छ । ०५६ मा कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव भएका नेत्रबहादुर कार्कीको भनाइअनुसार ०५५ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा स्वकीय सचिवालयमा काम गर्ने दुई जना कर्मचारीले प्रधानमन्त्री कार्यालयको स्ट्याम्प र लेटरप्याड लगेछन् र कीर्ते काम गर्न प्रयोग गरेछन् । त्यसपछि तिनीहरूलाई समातेर कारबाही गरिएको थियो ।
सल्लाहकार समूह र पिएहरूको नियुक्तिका आधार र मापदण्ड तयार पारेर निश्चित आचारसंहितामा बाँध्न सकिएन भने यिनीहरूबाट सिर्जित बेथितिको अन्त हुन सक्दैन ।
होइन भने यिनीहरू महादेवको घाँटीको सर्पजस्तै मन्त्री पदमा रहेसम्म उसको आडमा हुने/नहुने गर्नेछन् । एउटा पौराणिक कथामा महादेव र विष्णु भगवान् आपसमा वार्तालाप गरिरहँदा महादेवको घाँटीको सर्पले गरुडलाई लड्न धम्की दिएछ । गरुडको छाया मात्र परे पनि बेहोस हुने सर्पको चुनौतीपछि गरुडले महादेवको घाँटीबाट तल झर, म तेरो हैसियत देखाइदिन्छु भनेछन् । मन्त्रीको पद चट् भएपछि यिनीहरूको हैसियत पनि पानी साँपको जस्तो हुन पुग्दछ ।
लोकसेवा आयोगका पूर्व अध्यक्षसमेत रहिसकेका पूर्व सचिव उमेशप्रसाद मैनालीको पुस्तक सुनेको शासन भोगेको प्रशासनबाट साभार । यस पुस्तकको प्रकाशन बुकहिलले गरेको हो ।










दियालो सहकारीको सभा
नवआदर्श ३० वर्षमा
रेडक्रसको चित्रकला प्रतियोगिता
गाउँ विकासमा नयाँ नेतृत्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया