काठमाडौं–कोलकाता उडान गर्दै बुद्ध

काठमाडौं ।
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा सीधा उडान पुनः सुरु गर्ने भएको छ । कम्पनीले अन्तरराष्ट्रियतर्फको दोस्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकाता’ कात्तिक २ १९ अक्टोबरबाट पुनः सुरु गर्ने भएको हो ।
कोलकाता–काठमाडाँैको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो । अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एकमात्र हो । सुरुमा साताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन गर्ने कम्पनीको योजना छ ।
काठमाडौँबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९ः२० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर–७२ जहाजबाट गर्ने छ । यस रुटको उडान अवधि लगभग १ घण्टा ३५ मिनेटको हुनेछ ।
यात्रुको एकतर्फी भाडा १३ हजार ३ सय ५३ तोकिएको छ । घुम्न रुचाउनेका लागि पर्यटकीय र धार्मिक प्याकेज पनि समावेश गरिनेछ । समय र पैसाको बचत होस हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थल भ्रमणको लागि ‘आउटबाउन्ड’ तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि ‘इनबाउन्ड होलिडे प्याकेज’ पनि सञ्चालन गरिरहेको छ ।
नेपाली यात्रुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागर लगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेजहरू बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ । व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ ।
उडान तथा होलिडे प्याकेजमार्फत भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास बुद्ध एयरको रहेको छ । बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ छ दर्जनभन्दा बढी उडान भरिरहेको छ ।
अन्तरराष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ । यसअघि बुद्ध एयरले विसं २०७६ को वैशाख २ गतेदेखि कोलकाता उडान भरेको थियो । पछि कोभिड महामारीका कारण मंसिर १६ गतेदेखि सो उडान तत्कालको लागि स्थगन गरेको थियो ।









कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया