तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित , सिरिजको उपाधि भने जित्यो

काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।
ऋाजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस सिरिजको उपाधि भने जितेको छ । यसअघि लगातार दुई खेलमा जितेकाले नेपालले वेस्ट इण्डिजलाइ २–१ ले पराजित गरेको हो । नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई १९ रन र दोस्रो खेलमा ९० रनले पराजित गरेको थियो ।
आज जितको लागि १२३ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १२ दशमलव दुई ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।
वेस्ट इण्डिजको जितमा ओपनर अमिर जाङ्गुले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४५ बलमा अविजित ७४ रन बनाएका हुन् । यस्तै, अकिम अगस्टेले अविजित ४१ रन बनाए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनको योगफल बनाएको थियो । रासस







विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया