टी–२० विश्वकप छनोटका लागि नेपालले १५ सदस्यीय टोली घोषणा, साहब बाहिरिए, सन्दीप फर्किए

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आउँदो बुधवारदेखि ओमानमा सुरु हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्ध तीन खेलको शृङ्खलामा सहभागी १६ सदस्यीय टोलीका साहब आलम भने यस पटक बाहिरिएका छन् । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार टोलीमा पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो खेल मैदानमा उत्रन अस्वीकार गरेका कारण उनलाई अन्तिम दुई खेलका लागि निलम्बन गरिएको थियो ।
ओमान जाने टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन् ।
क्यानका अनुसार प्रतियोगितामा भाग लिन नेपाली टोली ओमान पुगिसकेको छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया