पोखरामा आज ‘नेपाली ब्रो’ र ‘द युभ’को रेसलिङ भिडन्त

पोखरा ।
पोखरामा रहेको क्लब सिक्स्टीनमा शनिबार ‘द सिक्स्टीन सोडाउन’ प्रतियोगिता हुने भएको छ। कार्यक्रम साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।
रेसलिङमा दुई चर्चित नेपाली रेसलर ‘नेपाली ब्रो’ कुमार थापा र ‘द युभ’ युवराज गिरीबीच प्रतिस्पर्धा हुनेछ।
अमेरिकामा पूर्वसैनिकका रूपमा काम गरेका थापा जसलाई रेसलिङको दुनियाँमा नेपाली ब्रो नामले चिनिन्छ। थापा नेपाल वुमेन रेसलिङ फाउण्डेशन (NWWF) का क्रुजरवेट च्याम्पियन हुन्।
उनी भारत, पाकिस्तान, अमेरिका, युरोप लगायतका देशमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिसकेका छन्।
नेपालमा रेसलिङको प्रवर्द्धन मुख्य उद्देश्य रहेको थापाले बताए।
‘नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ। तर, त्यसका लागि सुरक्षा र व्यावसायिक प्रशिक्षण अति आवश्यक छ।’ थापाले भने।
पोखराका गिरी भारतमा बस्दै आएका छन्। उनले पाकिस्तान, भारत, रुस, चीन लगायतका देशमा रेसलिङ प्रतिस्पर्धा जितिसकेका छन्। युवराजले काठमाडौंको लैनचौरमा वुमेन रेसलिङ इन्टरटेन्मेन्ट सञ्चालन गरेका छन्।
उनले भने, ‘म आफूमा पूर्ण विश्वास राख्छु। आजको खेल पनि जित्नेछु। रेसलिङ नेपालको पहिचान बन्नेछ।’
प्रतियोगितामा मुई थाई पनि समावेश छ । मुई थाईमा १६ जना खेलाडी सहभागी हुनेछन्। प्रथम पुरस्कार ५० हजार रूपैयाँ छ।
प्रतिस्पर्धा लिग प्रणालीमा आधारित हुनेछ भने अन्तिम चरणमा उत्कृष्ट दुई खेलाडीबीच फाइनल खेल हुनेछ।
कार्यक्रम आयोजक सुजन रोकाले क्लब सिक्स्टीनलाई पोखराको खेलकुद र इभेन्ट हबको रूपमा स्थापित गरिने योजना रहेको बताए।
उनका अनुसार आगामी दिनमा पनि प्रतियोगिता निरन्तर आयोजना गरिँदै जानेछन्।
प्रतियोगिताले नेपाली युवालाई अन्तर्राष्ट्रिय खेलकुदमा अघि बढ्ने प्रेरणा मिल्ने अपेक्षा गरिएको उनको भनाइ छ । खेलकुदका माध्यमबाट पोखराको पर्यटनमा सहयोग पुग्ने उनको विश्वास छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया