गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने

गण्डकी ।
‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ ।
पुनःप्रयोगमा ल्याउन नमिल्ने गरी प्रदेशसभा भवनलगायतका संरचनामा क्षति पुगेकाले प्रदेशसभा बैठक सञ्चालनका लागि कृषि मन्त्रालयको भवनमा वैकल्पिक व्यवस्था गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए ।
“तत्कालका लागि बैठक बस्न अस्थायी प्रबन्ध गरिएको हो, अहिलेको बैठक तीन दिन मात्र चल्छ, बर्खे अधिवेशन सकिएपछि अन्य व्यवस्था गरिन्छ”, उनले भने । बैठकमा गाँजा खेती, खानी तथा खनिज सम्बन्धी विधेयकबारे दफाबार छलफल र पारित गर्ने कार्यसूचि रहेको सभामुख धितालले जानकारी दिए ।
गत भदौ २५ गते प्रदेशसभा बैठक डाकिएकामा त्यसको अघिल्लो दिन भदौ २४ गते ‘जेनजी’ प्रदर्शनकारीले प्रदेशसभा भवनमा तोडफोड र आगजनी गरेका थिए । त्यसपछि उत्पन्न विषम परिस्थितिका कारण प्रदेशसभा बैठक अनश्चितकालसम्मका लागि स्थगित गरिएको थियो ।
प्रदेशसभाको नयाँ भवन निर्माण सुरु गरिएकाले उक्त भवन नबनेसम्म अस्थायी संरचनाबाट प्रदेशसभाका कामकारबाही सञ्चालन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा भवन काठ र ढुङ्गाबाट बनेको पुरानो शैलीको संरचना भएकाले आगलागीबाट पूर्ण रूपमा क्षति भएको थियो ।







मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया