ओमानमा नेपालको धमाकेदार सुरुवात : कुवेत ५८ रनले पराजित, सुपर–६ प्रवेशको बाटो खुल्यो

काठमाडौं । टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ। यस विजयसहित नेपालले सुपर–६ चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
बुधबार ओमानको अल अमेरत मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६ चौका र २ छक्कासहित ६६ रनको धमाकेदार पारी खेले भने गुल्सन झाले अन्तिम समयमा ६ बलमा २० रन जोड्दै टोलीको रन गति तीव्र पारे। दीपेन्द्रसिंह ऐरीले २० रन र कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए।
लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कुवेत नेपालका बलरहरूको धारिलो बलिङ अगाडि १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट हात पारे।
कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट लिए।
अब नेपालले शुक्रबार जापानविरुद्ध दोस्रो खेल खेल्नेछ। नौ टिम सहभागी यस प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टोलीले भारत र श्रीलंकामा हुने सन् २०२६ को टी–२० विश्वकपमा स्थान पाउनेछन्।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया