मासिक दौडमा ईश्वर र एन्जिलाको जित

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक दौड प्रतियोगिता भएको छ । शनिबार भएको विद्यालय स्तरीय १६ वर्ष मुनिको ५ किमी छात्रछात्रा मासिक दौड प्रतियोगितामा छात्रतर्फ ईश्वर पुर्जाले उपाधि जित्न सफल भए भने छात्रातर्फ एन्जिला जिटिले उपाधि हात परिन् ।
पुर्जाले निर्धारित दूरी १६ मिनेट ३६ सेकेन्डमा पूरा गरे भने जिटीले २१ मिनेट १२ः०१ सेकेन्डमा दूरी पार गरे । छात्रतर्फ वसन्त रानामगर दोस्रो हुँदै निर्धारित दूरी १७ मिनेट ०५ सेकेन्डमा पार गरे । तेस्रो भएका रबिन तामाङले निर्धारित मार्ग १७ मिनेट ०६ सेकेन्डमा पार गरे । छात्रातर्फ दोस्रो हुन सफल ममता नेपालीले निर्धारित दूरी २४ मिनेट २२ः०३ सेकेन्डमा पार गरिन् भने तेस्रो हुन सफल शिवानी हमालले निर्धारित दूरी पूरा गर्न २५ मिनेट ३६ः०४ सेकेन्ड लगाइन् ।
पोखरा रंगशालाको फुटबल मैदानबाट सुरु भएको दौड पोखराका बिभिन्न भाग परिक्रमापछि सोही स्थानमा आएर समाप्त भएको थियो । दौडमा बिभिन्न विद्यालयका विद्यार्थीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा हालसम्म दौडमा पाँच पटक सहभागिता जनाउने सञ्जल रोका, रश्मि परियार, प्रत्युस बस्नेत, आयुस सुनार, वसन्त नेपाली र बिबिश घर्ती पुनलाई सम्मानपत्रले सम्मान गरियो ।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकण कार्कीले दौड सुरुआत गरेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा विजेता खेलाडी संस्थापक अध्यक्ष खड्क रानाभाट, मासिक दौडका संयोजक तेजबहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सचिव महेश पौडेल लगायतले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका छन् ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया