राष्ट्र बैंकले रेमिट्यान्स सीमा बढायो, अब २५ लाख रुपैयाँसम्म पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल पठाउन सकिने रेमिट्यान्स रकमको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब फिर्ता नगर्ने गरी पठाइने रकम २० लाख रुपैयाँबाट वृद्धि गरी २५ लाख रुपैयाँसम्म पठाउन सकिने भएको हो।
केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म र कम्पनीहरूले सम्पत्ति बिक्री, कमिसन, पारिश्रमिक वा शुल्कजस्ता प्रयोजनका लागि पठाएको रकम अब विप्रेषण कम्पनीमार्फत प्रत्यक्ष खातामा जम्मा गर्न सकिनेछ।
नयाँ नीतिअनुसार दैनिक अधिकतम २५ लाख रुपैयाँसम्मको रकम फिर्ता नहुने रेमिट्यान्सका रूपमा नेपाल ल्याउन पाइने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले सबै विप्रेषण कम्पनीलाई रकम संकलन र भुक्तानीका क्रममा ग्राहक पहिचान (KYC) सम्बन्धी सम्पूर्ण कागजात अनिवार्य रूपमा लिन निर्देशन दिएको छ। साथै, प्राप्त रेमिट्यान्सको विवरण हरेक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार रेमिट्यान्स सीमा वृद्धिले वैदेशिक आम्दानी औपचारिक माध्यमबाट भित्र्याउने प्रवाह बढाउने र वित्तीय प्रणालीको पारदर्शिता तथा विश्वसनीयता थप मजबुत हुने अपेक्षा गरिएको छ।








भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया