सन्दीपको जादूमा नेपाल विजयी

पोखरा ।
ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत सोमबार नेपालले कतारमाथि रोमाञ्चक जित दर्ता गरेको छ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९ ओभर ५ बलमै १४२ रनमा समेटिँदा नेपाल ५ रनले विजयी भएको हो। खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे भने स्पिनर सन्दीप लामिछानेले जितमा निर्णायक भूमिका खेले।
सन्दीपले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए र विपक्षीका ब्याटरहरूलाई असहज बनाएका थिए। यही प्रदर्शनमार्फत उनले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो २५०औं विकेट पूरा गरेका छन्। उनले कतारका ओपनर लियानागेलाई बोल्ड गर्दै यो उपलब्धि हासिल गरेका हुन्।
यसैबीच, सोमबारको खेल नेपाली क्रिकेटका लागि अर्को ऐतिहासिक दिन पनि बनेको छ। कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा राष्ट्रिय टोलीले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल खेलेको छ।
२०७९ कात्तिक २५ मा पहिलो पटक कप्तान बनेका रोहितको नेतृत्वमा नेपालले टी–२० आईमा ३० जित, १८ हार र ३ बराबरी खेलेको छ। एकदिवसीय क्रिकेटमा नेपालले २५ जित र २० हारको रेकर्ड बनाएको छ।
रोहितको स्थिर नेतृत्व, टोलीबीचको एकता र सन्दीपको धारिलो बलिङका कारण नेपाल अहिले विश्वकपको ढोका नजिक पुगेको विश्वास बलियो बन्दै गएको छ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया