क्रम्प्टनका उत्पादन किन्दा आकर्षक उपहार र बम्पर लकी ड्र

समाधान संवाददाता २०८२ असोज २८ गते १६:५५

काठमाडौं ।
नेपालको अग्रणी इलेक्ट्रोनिक्स वितरक सिजी इलेक्ट्रोनिक्सले यस वर्षको महान् चाडपर्व दशैं–तिहारलाई लक्षित गर्दै ‘क्रम्प्टन दसैं–तिहारको ठूलो हर्ष’ नामक विशेष योजना सार्वजनिक गरेको छ । यस अफरमार्फत क्रम्प्टनका उत्पादन खरिद गर्ने उपभोक्तालाई आकर्षक उपहारका साथै विभिन्न भाग्यशाली पुरस्कार जित्ने अवसर मिल्नेछ ।

Advertisement


योजनाको मुख्य आकर्षणमा एक जना भाग्यशाली विजेताले मिडिया ४८२ लिटरको एसबिएस रेफ्रिजेरेटर बम्पर लकी ड्रमार्फत जित्न सक्नेछन् । त्यसैगरी, मासिक लकी ड्रमा मिडिया १०० सिरिजको ८ केजी वासिङ मेसिन प्रदान गरिनेछ भने साप्ताहिक लकी ड्रमा क्रम्प्टन मिक्सर ग्राइन्डर जित्ने मौका मिल्नेछ । उपभोक्ताले खरिदपश्चात् उपलब्ध क्युआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी यस योजनामा सहभागी हुन सक्ने सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।


यसका साथै, उपभोक्ताले सजिलो इएमआई सुविधा, निःशुल्क डेलिभरी र निःशुल्क इन्स्टलेसन जस्ता अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । क्रम्प्टनका उत्पादनमा प्रोडक्ट अनुसार ६० महिनासम्मको वारेन्टी सुविधा पनि उपलब्ध हुनेछ ।

Advertisement


क्रम्प्टन भारतको सबैभन्दा विश्वासिलो ब्रान्ड मध्ये एक हो, जसले ८५ वर्षभन्दा बढी समयदेखि गुणस्तरीय फ्यान, एयर कुलर, वाटर हिटर, मिक्सर ग्राइन्डर लगायतका होम अप्लायन्स उत्पादन र बिक्री गर्दै आएको छ । सिजी इलेक्ट्रोनिक्स नेपालमा कन्जुमर डुराबल्स र होम अप्लायन्स वितरण गर्ने अग्रणी कम्पनी हो । यसले विश्वस्तरीय ब्रान्डहरुलाई नेपाली बजारमा सहज पहुँच दिलाउँदै आएको छ । यस चाडपर्व, क्रम्प्टन र सिजी इलेक्ट्रोनिक्सले नेपाली घर–घरमा खुशी, सहजता र उत्कृष्टता पु¥याउने उद्देश्य लिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया