टी–२० विश्वकप छनोटमा नेपालको ओमानमाथि सानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई ३८ रनले हराएको छ। बुधबार राति भएको खेलमा यो जितसँगै नेपाल ८ अंक जोड्दै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। ओमान ६ अंकसहित दोस्रो स्थानमा छ।
नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका लागि मोहम्मद नदीमले २५ रन र विनायक सुक्लाले ३२ रन जोडे। अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ नेपालका गुल्शन झाले चार ओभरमा ३१ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिए। सोम्पाल कामी र नन्दन यादवले दुई-दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अर्धशतकीय योगदान दिए। अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १ रन मात्र बनाए।
उपकप्तान दीपेन्द्र सिंह ऐरीको ब्याटिङ आज पनि चल्न सकेन। उनी २ रनमा आउट भए भने कुशल मल्लले ७ रन जोडे। आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए। नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी १ रनमा नटआउट रहे।
ओमानका नादिम खानले २० रन खर्चेर चार ओभरमा चार विकेट लिए।
यसअघि नै विश्वकपमा छनोट भइसकेको नेपालले यो जितसँगै ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ। सुपरसिक्समा नेपालले ओमानसँगै युएई र कतारलाई पनि हराइसकेको छ। नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्नेछ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया