मुवाथाइको केज फाइट हुने

पोखरा ।
पछिल्लो समय नेपालमा मुवाथाइको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाइले पोखरामा अन्तर्राष्ट्रिय स्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आएको छ ।
साकले अब मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ । तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदै छ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलो पटक केज फाइट हुने भएको छ ।
पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षकको रुपमा केज फाइट हुने विश्वास लिइएको छ । प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफैंमा रोमाञ्चक खेल हो ।
पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रबद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं’, उनले भने, ‘सम्भवत यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभी वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर, अब त्यो पोखरामै हेर्न पाइनेछ ।’
आगामी पुस दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिलेसम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाउने पक्का भएको छ । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंका लगायतका राष्ट्रको सहभागिता हुने । विश्वभर व्यावसायिक मार्शल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्सल आट्र्स) यस पटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रले बताए । प्रतियोगितामा प्रवेश निशुल्क हुनेछ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया