सेन्साइका सामान किन्दा क्यास ब्याक र मोटरसाइकल जित्ने अवसर

समाधान संवाददाता २०८२ असोज ३१ गते १५:३८

पोखरा ।
जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्साइले यसपालिको दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गर्दै उपभोक्ताहरूका लागि विशेष उपहार योजना ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले सेन्साइको कुनै पनि घरायसी सामान खरिदमा २५ प्रतिशतसम्म क्यास ब्याक, पक्का उपहारका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बम्पर उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पाउनेछन् ।


यो उपहार योजनामा सहभागी हुन ग्राहकहरूले सेन्साइका सामान खरिद गरेपछि विज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरी आफ्नो विवरण भरी पठाउनुपर्नेछ । यो अफर भदौ १९ गतेदेखि नेपालभरका सबै सिजीका शोरुमहरू तथा आधिकारिक विक्रेताहरूमा उपलब्ध छ ।


यस योजनाअन्तर्गत, ४३ इन्चसम्मको टिभी खरिदमा आकर्षक क्यास ब्याक र सोभन्दा माथिको टिभी खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सकिनेछ । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरको खरिदमा पनि आकर्षक क्यास ब्याक उपलब्ध छ । सेमि अटोमेटिक वासिङ मेसिनमा ३ केजी एरियल र फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउन सकिनेछ । यी सामानहरू सजिलै शून्य प्रतिशत इएमआईमा बिना झन्झट केवल नागरिकताको भरमा लिन सकिनेछ भने पुराना घरायसी सामानहरूसँग पनि उच्च मूल्याङ्कनमा एक्सचेन्ज गर्न सकिनेछ ।

Advertisement


सेन्साइको टिभी खरिदमा ९ महिनाको निःशुल्क नेट टिभीको सदस्यता पनि पाउन सकिनेछ । सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परालाई निरन्तरता दिएको छ । यसपालि पनि दसैं–तिहारमा ग्राहकले खरिदसँगै अतिरिक्त खुसी पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया