विश्व व्यापार प्रणाली खतरामा परेको चेतावनी

जेनेभा । उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा रहेको संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले चेतावनी दिएका छन् ।
गुटेर्रेसले धेरै देश ऋणको संकटमा फसेका र स्वास्थ्य तथा शिक्षामा भन्दा ऋणदाताको सेवामा बढी रकम खर्च गरिरहेको बताए ।
‘विश्वव्यापी ऋण बढेको छ । गरिबी र भोकमरी अहिले पनि व्याप्त छ । अन्तर्राष्ट्रिय वित्तीय संरचनाले विकासोन्मुख देशका लागि पर्याप्त सुरक्षा कवच प्रदान गरिरहेको छैन र नियममा आधारित व्यापार प्रणाली गलत बाटोमा जाने जोखिममा छ,’ महासचिव गुटेर्रेसले जेनेभामा व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भने ।
गुटेर्रेसले भने, ‘व्यापार र विकासले परिवर्तनको आँधीबेहरीको सामना गरिरहेको छ । विश्वव्यापी वृद्धिको तीन चौथाइ हिस्सा अहिले विकासशील देशबाट आएको छ, सेवाजन्य व्यापारमा वृद्धि भइरहेको छ र नयाँ प्रविधिले विश्व अर्थतन्त्रलाई बढावा दिइरहेको छ ।’
तर भूराजनीतिक विभाजन, असमानता, द्वन्द्व र जलवायु संकटले प्रगतिलाई सीमित बनाइरहेको संयुक्त राष्ट्रसंघका महासचिवले जनाएका छन् ।
उथलपुथलमा अर्थतन्त्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्य देशमाथि व्यापक कर वृद्धि गरेको छ, जसले विश्वभर व्यापार तनाव निम्त्याएको छ । गुटेर्रेसले भने, ‘संरक्षणवाद केही परिस्थितिमा अपरिहार्य हुन सक्छ, तर यो तर्कसंगत हुनुपर्छ ।’
संयुक्त राष्ट्रसंघका प्रमुखले अनिश्चितता बढिरहेको, लगानी घटिरहेको र आपूर्ति शृङ्खलामा उथलपुथल मच्चिइरहेको बताए । उनले विकासोन्मुख देशमा ‘छोटो–छोटो परिवर्तन’ जारी रहेको चेतावनी दिए ।
उनका अनुसार, ‘व्यापार अवरोध बढिरहेका छन् । केही कम विकसित देशले ४० प्रतिशत करको सामना गरिरहेका छन्, जबकि उनीहरूले प्रतिनिधित्व गर्ने विश्वव्यापी व्यापार प्रवाहको हिस्सा एक प्रतिशत मात्र छ ।’
गुटेर्रेसले भने, ‘हामी वस्तुका लागि व्यापार युद्धको बढ्दो जोखिम देखिरहेका छौँ । हामी जनताको समृद्धि र कल्याणभन्दा मृत्युमा बढी लगानी गरिरहेका छौँ भन्ने कुरा सैन्य खर्चको प्रवृत्तिले देखाउँछ ।’
गुटेर्रेसले यी खतराको सामना गर्दै अघि बढ्दा अन्तर्राष्ट्रिय कार्यका लागि चार प्राथमिकता रहेको जनाए । उनले निष्पक्ष विश्वव्यापी व्यापार र लगानी प्रणाली, विकासशील देशका लागि वित्तीयकरण, अर्थव्यवस्थालाई प्रोत्साहित गर्न प्रविधि र नवीनता, तथा जलवायु उद्देश्यसँग व्यापार नीतिहरू संरेखित गर्नुपर्नेमा जोड दिए ।
रासस/एएफपी









निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया