सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने

पोखरा । सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ । क्लबद्वारा पोखरा–१७, दोबिल्लामा संचालित सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
तिहारमा हरेक वर्ष आयोजना हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । कार्यक्रम कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एसआर केसी ब्यांकीटमा हुनेछ । जसमा स्थानीय कलाकारहरूले गायनका साथै हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गर्नेछ ।
एकेडेमी सहयोगार्थ भएकाले कार्यक्रममा सहभागी हुन चाहनेले जनही २५ सय बुझाउनुपर्नेछ । त्यसबापत् खाना तथा विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइनेछ । कार्यक्रमबाट बचत हुन आएको रकम एकेडेमीमा खर्चिने क्लब अध्यक्ष थापाले बताए ।
सहारा एकेडेमीका हाल चौथो ब्याचमा १४ जिल्लाका कठिन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरू आश्रित छन् । उनीहरूलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदै आएको छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया