पोखरामा अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक अशोक लामा रुम्बालाई स्वागत

पोखरा ।
अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागतसहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा एक समारोहका बीच रुम्बालाई स्वागतसहित सम्मान गरेको हो ।
रोजगारको सिलसिलामा हाल स्पेनमा रहँदै आएका रुम्बा गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १० औं कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षकका रुपमा उनले निभाएको भूमिकाको उच्च कदर गर्दै संघले सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकी अध्यक्ष एवं क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुँवरले बताए ।
रुम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक (रेफ्री) को भूमिकामा सक्रिय रहँदै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्दै आएकाले उनको प्रोत्साहनको लागि स्वागतसहितको सम्मान कार्यक्रम आयोजना गरिएको कुँवरले जनाए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले रोजगारीका लागि विदेश पुगे पनि रुम्बाले खेलकुदको माध्यमबाट देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै उनको योगदान प्रशंसनीय भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताउँदै, ‘देशको अवस्थाले विदेशिए पनि मन भने सदैव नेपालकै लागि धड्किने’ बताए । साथै उनले नेपालका सक्षम खेलाडीलाई आगामी दिनमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्ने उद्घोष गरे । विकास, अनुशासन र गतिशीलतासँगै निरन्तरताको प्रयासले खेलकुदमा लाग्ने व्यक्तिलाई सफलताको उचाइ पुर्याउने उनको दाबी थियो ।
रुम्बा नेपाली समाज स्पेनका अध्यक्षदेखि वैदाम तामाङ सेवा समाजका आजीवन सदस्य, लायन्स क्लब पोखरा लेकसाइडका आजीवन सदस्यसमेत छन् भने उनी विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय छन् । पूर्व बक्सिङ खेलाडी क्या. समरबहादुर थापा क्षेत्री, स्पेनका खेलकुदकर्मी चेमा रामोस, संघ लेखनाथका प्रमुख प्रशिक्षक सुवास खड्का, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बराल, प्रशिक्षार्थी खेलाडीहरू लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया