पोखरामा एनपिएलको ट्रफी

पोखरा ।
ट्रफी टुरअन्तर्गत नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी मंगलबार पोखरा ल्याइएको छ । सात वटै प्रदेशमा ट्रफी टुर गर्ने कार्यक्रम अन्तर्गत एनपिएलको ट्रफी गण्डकी प्रदेशको राजधानी पोखरामा आइपुगेको हो ।
एनपिएलमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिएको टिम पोखरा एभेन्जर्सले आयोजना गरेको गौरवको यात्रा अन्तर्गत पोखरा रंगशालामा एक कार्यक्रमका बीच ट्रफी सार्वजनिक गरेको हो । एभेन्जर्सले गण्डकीका विभिन्न जिल्लामा गौरवको यात्रा जारी राखेको छ । पोखरामा भएको कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले गण्डकीमा पोखरा एभेन्सर्जले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरे ।
‘हामीले गण्डकीमा एउटा एकेडेमी खोल्छौं । स्कुल स्कुलबाट एकेडेमी ल्याएर क्रिकेट सिकाएर एनपिएल हुँदै राष्ट्रिय टिममा सहभागी भएर विश्वकप जित्ने अवस्थासम्म पुर्याउन चाहन्छौं,’ उनले भने । ग्रासरुटबाट क्रिकेटर ल्याएर विकास गर्ने योजना रहेको त्रिपाठीले सुनाए ।
अध्यक्ष त्रिपाठीले यस पटक पहिलो संस्करणको कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्न प्रतिवद्धता जनाए । उनले भने, ‘के चिज राम्रो गर्न सकियो । कहाँ हाम्रो कमजोरी रह्यो भन्ने कुराहरुलाई हाम्रो टेक्निकल टिमहरुसँग बसेर त्यसलाई एनलाइज गरेका छौं ।’ पहिलो संस्करणको एनपिएलमा पोखरा एभेन्जर्स सातौं भएको थियो । ७ खेलमा पोखराले दुई खेलमा मात्रै जित निकालेको थियो ।
नोभेम्बर ३ देखि भारतमा पोखराको क्याम्प सुरु हुने अध्यक्ष त्रिपाठीले बताए । एनपिएलका खेलहरु फ्लड लाइटमा हुने भएकाले भारतमा फ्लड लाइटमा क्याम्प गरिने उनले बताए । कार्यक्रममा पोखरा एभेन्जर्सले सामाजिक कार्यमा योगदान गरेवापत झरना नेपाली र सम्राट थापामगरलाई सम्मान गरेको थियो ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया