कर्पोरेट दौडमा अर्जुन र अनितालाई उपाधि

पोखरा । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा मासिक तथा सप्ताहिक दौड प्रतियोगिता भएको छ । शनिबार भएको बिभिन्न बिधाको दौड अन्तर्गर्त ५ किमी कर्पोरेट पुरुष दौडमा एनएमबी बैंकका अर्जुन गुरुङ पहिलो भए ।
गुरुङले निर्धारित दुरी १९ मिनेट २७ः२२ सेकेन्डमा पार गर्दा ग्रीन डेभल्मेन्ट बैंकका अमृत थापा दोस्रो बने । थापाले निर्धारित दुरी १९ मिनेट ५९ः७५ सेकेन्डमा पूरा गरे भने सोही बैंकका अनुप केसी तेस्रो भए । केसीले दुरी २० मिनेट १२ः८३ सेकेन्डमा पार गरे ।
चौथो स्थानमा मुक्तिनाथ बिकास बैंकका रामचन्द्र रानाभाट र राइट फर चिल्ड्रनका लेखनाथ लामिछाने पाचौँ स्थानमा रहे । ५ किमी कर्पोरेट महिला दौडमा मुक्तिनाथ बिकास बैंककी अनिता गुरुङ पहिलो भइन् । उनले निर्धारित दुरी २७ मिनेट २० सेकेन्डमा पूरा गरिन् ।
दोस्रो भएकी एनआइएमबी बैंककी सुजिता मास्केले निधारित दूरी २८ मिनेट १२ सकेन्डमा पार गरिन् । सांग्रिला विकास बैंककी मिना गुरुङ २८ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरी तेस्रो भइन् । एनआइसी एसिया बैंककि समी पुन चौथो र सांग्रिला बैंककै सुजिता विक पाँचौं स्थानमा रहे ।
५ किमी छात्रा दौडमा एन्जिला जिटी पहिलो, रोशनी नेपाली दोस्रो, साबुगी शर्मा तेस्रो स्थान प्राप्त गर्न सफल हँुदा छात्र ५ किमी तर्फ इशर््वर पुर्जा पहिलो, नत्रराज धमला दोस्रो र सुस्मान ढुंंगानाले तेस्रो ठहरिए । ५ किमी खुला महिलातर्फ गीता कायस्थ पहिलो, रश्मि श्रेष्ठ दोस्रो हुँदा बिन्दु थापामगरले तेस्रो स्थान प्राप्त गर्न सफल भइन् ।
५ किमी खुला पुरुषतर्फ हेमन्त चौधरी पहिलो, इमोन गुरुङ दोस्रो र सफल लामाले तेस्रो स्थान पाए । दौड पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकण कार्कीले आरम्भ गरेका थिए । कार्यक्रम नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरूङको अध्यक्षतामा भएको थियो ।
विजेता खेलाडीलाई मञ्चका अध्यक्ष गुरूङ, संस्थापक अध्क्षय खड्ग रानाभाट, मासिक दौडका संयोजक तेजबहादुर गुरूङ, मञ्चका निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, सचिव महेश पौडेल, पोखरा उद्योग बाणिज्य संघका माहासचिव शोभा गौतम, पोखरामा रहेका बिभिन्न वित्तीय संस्थाका प्रमुखहरुले मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरामा हरेक वर्ष सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता गर्दै आएको छ । यो वर्ष भने रजत वर्ष अन्तर्गत १२ महिना, १२ कार्यक्रम गरिरहेको छ ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया