पोखरामा एन्ड्युरो साइक्लिङ तयारी

पोखरा ।
डाउन टिल डस्क प्रालिको आयोजनामा कात्तिक अन्तिम साता पोखरा एन्ड्युरो साईक्लिङ रेस हुने भएको छ । पोखरा १३ आर्वाविजयमा हुन लागेको तेस्रो संस्करण साइकल रेस कात्तिक २७ देखि २९ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा साइक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दूरीमा नेपालसहित विभिन्न ९ देशका साईक्लिस्टले प्रतिस्पर्धा गर्ने प्रालिका प्रवन्धन निर्देशक एवं रेस निर्देशक सुनीलचन्द्र शर्माले जानकारी दिए । नेपालसहित, अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान र श्रीलंकाका साईक्लिष्टहरुको सहभागिता हुने पक्का भएको छ । ६० साईक्लिस्टले प्रतियोगितामा भाग लिने छन् ।
६ इभेन्टमा प्रतिस्पर्धा गराईने निर्देशक शर्माले बताए । एन्ड्युरो साइक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो बाटोबाट डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ । जुनियर (१२ देखि १८ वर्षसम्म), पुरुष एलिट (१९ वर्षमाथि) खुला महिला (१९ वर्षदेखि माथि), मास्टर ए पुरुष (३० देखि ३९ वर्षसम्म) मास्टर बी पुरुष (४० देखि ४९ वर्षसम्म) र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले उल्लेख गरेको छ ।
एन्ड्युरो साइक्लिङको साहसिक प्रतिस्पर्धा हो । सानो गोरेटो हुँदै डाडाँबाट तल झर्ने यो प्रतिस्पर्धा निकै जोखिमपूर्ण मानिन्छ
३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वालाई साइक्लिङको गन्तव्य बनाउन विगत ३ वर्षदेखि प्रतिस्पर्धा आयोजना गर्दै आएको सुनाए । आर्वालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन् २०२० देखि काम सुरु गरेको थियो । विभिन्न ६ साइक्लिङ रेसका लागि ट्रेल बनाइएको छ ।
ट्रेल बनाउन प्रालिले बर्सेनि ५ लाख खर्च गर्ने गरेको छ । पाँच वर्षको अवधिमा २५ लाख रुपैयाँ खर्च गरिएको जनाउँदै उनले निरन्तर पानीले समस्या बनाएको ट्रेल मर्मतदेखि नयाँ ट्रेल निर्माण गरिएको उल्लेख गरे । सुरक्षाका लागि १४ जनाको मेडिकल टिम तयारी अवस्थामा रहनेछ । दुई जना चिकित्सक र चार एम्बुलेन्ससहितको मेडिकल टिमले रेस्क्यु गरिने उनले जानकारी दिए । प्रतिस्पर्धीले ६ वटा ट्रेल पूरा गर्नुपर्ने हुन्छ ।
प्रतिस्पर्धामा उत्कृष्ट पाँच (प्रत्येक इभेन्टका)लाई साईक्लिङ एसोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ । उत्कृष्ट जम्प गर्ने साईक्लिस्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ । ३० हजार पुरस्कार बि एन्ड बि हस्पिटलले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया