‘पोखरालाई आरोग्य पर्यटनसँग जोडौं’

पोखरा । पयर्टनको राजधानी घोषित सहरमा स्वास्थ्य र आरोग्य पर्यटनको चर्चा गरिएको छ । स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा आयोजित कार्यशालामा पोखरालाई स्वास्थ्य र आरोग्य पर्यटन हबका रुपमा विकास गर्न सकिने विषयमा सोमबार दिनभर विमर्श गरिएको छ ।
कार्यक्रममा पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा स्वास्थ्य र आरोग्ययतालाई एकसाथ प्रवद्र्धन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । प्रकृति, संस्कृति र साहसिक गतिविधिले प्रख्यात पोखरालाई स्वास्थ्यको हब बनाउँदै ध्यान र योगका माध्यमबाट समेत पर्यटनसँग जोड्न सकिने उनको भनाइ छ । यसका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्नेमा उनले जोड दिए ।
मेडिकनेक्ट नेपालका अध्यक्ष डा पूर्णकान्त अधिकारीले नेपालका सबैजसो पर्यटन योजना तथा नीतिहरूमा पनि स्वास्थ्य पर्यटन, आरोग्य पर्यटन समेट्नुपर्नेमा जोड दिए । स्वास्थ्य पर्यटन भनेको अस्पतालमा उपचार गराउन आउनेबाट हुने पर्यटन हो भन्ने सोचाइसमेत परिवर्तन गरी मनभित्रको शान्ति खोजी मानसिक, शारीरिक तथा आध्यात्मिक तवरले स्वस्थ रहने पद्धति हो भन्ने सबै जागरुक हुनुपर्नेमा उनको जोड थियो ।
उक्त संस्थाका निर्देशक डा गिरीधारी शर्माले आरोग्यमुखी पर्यटन विकास गर्दै नेपालले पर्यटनबाट अपार लाभ लिन पनि सकिनेमा ध्यानाकर्षण गराए । सोही योजना अनुसार पोखरामा कार्यक्रम गरिएको उनले सुनाए ।
कार्यक्रममा पोखरा स्वास्थ्य प्रतिष्ठानका पूर्व उपकुलपति डा डुकबहादुर क्षेत्री, नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछाने, अफिन गण्डकी सचिव सूर्यप्रसाद पोखरेल, पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराई लगायतले पोखरा पर्यटन क्षेत्रका लागि हरेक हिसाबले प्रवद्र्धन आवश्यक रहेको बताएका थिए । उनीहरुले सरकार र निजी क्षेत्रको सहकार्यमा स्वास्थ्य र आरोग्य पर्यटनका लागि पूर्वाधार निर्माणदेखि प्रवद्र्धनसम्म गर्नुपर्नेमा जोड दिएका थिए ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया