पारिवारिक कथामा ‘हर्ष’

काठमाडौं ।
पारिवारिक कथामा आधारित नेपाली चलचित्र ‘हर्ष’ निर्माण गरिएको छ । आगामी मंसिर १२ गतेदेखि नेपालभर प्रदर्शन हुने उक्त चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै निर्देशक एकता पौडेलले भावना, सम्बन्ध र परिवारको विषयमा चलचित्र तयार गरेको जानकारी दिइन् ।
उनी भन्छिन्, ‘मैले चलचित्रसम्बन्धी अध्यन गरेर पहिलोपटक निर्देशन गरेकी छु । एउटा सुखद परिवारमा बुवा र छोराबीचको सम्बन्धलाई यसमा देखाउने प्रयास गरेकी छु ।’ आफूले पाएको अवसरलाई पूर्णरूपमा सदुपयोग गरेको पौडेलको दाबी छ । स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जी पर्ने पौडेलले आफ्नो मामाका नामका कारण पहिलो पटकको निर्देशनका क्रममा सबैबाट साथ सहयोग पाएको सुनाइन् ।
अभिनेता सन्तोष पन्तले आफ्नो कलाकारिता यात्रामा पहिलो पटक महिला निर्देशकसँग काम गरेको अनुभवबारे भने, ‘मैले धेरै चलचित्रमा काम गरेँ, तर यसमा भने महिला निर्देशकको निर्देशनमा । अध्यन गरेर कर्म गर्न आउनु भएकी निर्देशक पौडेलले धेरै मेहनत गर्नुभएको छ । चलचित्र पारिवारिक भएकाले पनि महिला निर्देशकले राम्रो काम गर्नुभएको जस्तो लागेको छ । पछिल्लो अवस्थामा भने चलचित्रलाई सफल बनाउन बजारीकरण गर्न सक्नुपर्छ ।’
दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्ने तथ्यमा ध्यान पुर्याउन निर्देशक पौडेलसहित निर्माण समूहलाई आग्रह गरे । अभिनेत्री वर्षा राउत नयाँ समूहसँग काम गर्दा बेग्लै आनन्द भएको उल्लेख गर्छिन् । ‘निकै रमाइलोसँग चलचित्रमा हामी कलाकारले काम गर्यौँ । मेरा लागि अग्रज कलाकारको सामीप्यतामा काम गर्न पाउनु एउटा अवसर थियो । पारिवारिक कथामा चलचित्र बनेको छ, स–परिवार हेर्न आउँदा व्यक्त गर्न नसकिरहेको तथ्यलाई चलचित्रले व्यक्त गर्छ जस्तो लागेको छ’, उनले थपिन् ।
उक्त चलचित्रमा एक परिवारमा छोराको विवाहपछि वंशअगाडि बढाउने विषयमा बाउछोराकाबीच हुने उतारचढावलाई देखाइएको छ । सो चलचित्रमा खगेन्द्र लामिछाने, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया