डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे

लण्डन ।
लण्डनमा सम्पन्न डब्लुटिएम मा सहभागी नेपली व्यवसायीले असन्तुष्टी व्यक्त गरेका छन् । यो विश्व कै ठुलो मध्येको एक पर्यटन मेला हो । तर नेपालको स्टल राख्ने ठाउँ र स्टल व्यवस्थापन झुर भएको भन्दै नेपाली व्यवसायीहरु नेपाल पर्यटन बोर्डसँग रुष्ट भएका हुन् ।
डब्लुटिएममा नेपालका २७ व्यवसायी सहभागी थिए । उनीहरु प्रत्यकले नेपाल पर्यटन बोर्डलाई २ लाख ५० हजार रुपैयाँका दरले सहभागिता शुल्क बुझाएका थिए भने आतेजाते र लण्डन बसाई खर्च व्यवसायी आफैले ब्यहोरेका थिए ।
यति धेरै लगानी गरेर आउदा पनि पर्यटन बोर्डको व्यवस्थापकिय कमजोरीका कारण नेपाल छायामा परेको व्यवसायीको गुनासो छ । व्यवसायी सबैले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीलाई महोत्सव स्थल मै ज्ञापनपत्र बुझाउँदै रकम फिर्ता मागेका छन् ।
ज्ञापनपत्र बुझ्दै जोशीले कमजोरी भएको स्विकार गर्दै नियतवस नभएको बताए । ठुलो ठाउँ लिने प्रयास गर्दा कुनामा परेको उनको भनाइ छ ।
व्यवसायीले बोर्डका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव हरि प्रसाद मैनालीलाई ज्ञापन पत्र बुझाउने प्रयास गरेका थिए । तर मेलाको समापनको दिन सचिव मैनाली महोत्सव स्थलमा नआएका कारण सिईओ जोशीलाई बुझाएका थिए ।










समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया