अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह

पोखरा ।
कास्की प्रहरीले बढ्दो अनलाइन ठगीलाई लिएर सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै ठगीबाट बच्ने उपायहरू सुझाएको छ ।
सामान खरिद गर्दा सामान पाएपछि मात्र भुक्तानी गर्न प्रहरीले सुझाएको छ । भरपर्दो बिक्रेतासँग मात्र कारोबार गर्न पनि आग्रह गरिएको छ । अत्यधिक सस्तो मूल्यमा महँगो सामान पाएमा त्यो चोरीको हुन सक्ने भएकाले त्यस्ता सामान किन्नुअघि सचेत हुन भनिएको छ ।
अनलाइनमा सामान खरिद गर्दा अग्रिम भुक्तानी माग्ने र ‘ओटिपी’ लिएर खाता ह्याक गरी ठगी हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । त्यसैले मोबाइलको स्क्रिन कसैसँग पनि सेयर नगर्न आग्रह गरिएको छ । साथीभाइ वा आफन्तको नाममा आर्थिक सहयोग माग्दै सामाजिक सञ्जालमा सन्देश आएमा, पहिला प्रत्यक्ष सम्पर्क गरी यकिन गरेपछि मात्र सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
अपरिचित व्यक्तिले विदेशबाट उपहार वा महँगा सामान पठाएको भन्दै विश्वास नगर्न प्रहरीले भनेको छ । सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुन सक्ने भएकाले यस्ता प्रलोभनमा नपर्न सचेत गराइएको छ । वैदेशिक रोजगारीका लागि भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा कारण खुलाएर बैंकमार्फत कारोबार गर्न पनि प्रहरीले सुझाएको छ ।
सामाजिक सञ्जाल र बैंकिङ एपमा बलियो पासवर्ड राख्न प्रहरीले आग्रह गरेको छ । अपरिचित व्यक्तिसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोग वा अन्य कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिंक नखोल्न पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । रासस







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया