एनपिएलमा ४० करोडको लक्ष्य

काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी दिएको छ । क्यानले यो सिजनलाई अझै भव्य बनाउने बताएको छ । यसपटक रात्रिकालीन खेलहरु हुनेछन् ।
एनपिएलको उद्घाटन खेल मंसिर १ गते दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ । यसपटक धेरै खेलहरु राति हुनेछन् । यसका लागि फ्लडलाइटको काम जारी छ । एनपिएलका लागि १५ करोड ४० लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता भइसकेको छ ।
एनपिएलमा ८ फ्रेन्चाइज टोलीहरु प्रतिस्पर्धा गर्नेछन् । यी टोलीहरुमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज र काठमाडौं गुर्खाज छन् । अघिल्लो सिजनको उपाधि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराएर जितेको थियो । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिमहरुबाट ९ करोड रुपैयाँ प्राप्त गर्ने बताए ।
क्यानले यस सिजनमा टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान गरेको छ । प्लेअफ र फाइनलका लागि साधारणतर्फ १ हजार रुपैयाँ र प्रिमियमतर्फ २ हजार रुपैयाँ तोकिएको छ । सिजनल पासको मूल्य १५ हजार रुपैयाँ छ । खल्ती एपबाट टिकट खरिद गर्न सकिनेछ । उदघाटनको दिन र शनिबारका खेलका लागि साधारणतर्फको टिकट शुल्क ५ सय रुपैयाँ र प्रिमियम टिकटको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
शनिबारबाहेकका लिग चरणका खेलका लागि साधारणतर्फ ५ सय रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ । क्यानले यस सिजनमा प्रायोजक, टिम र टिकट बिक्रीबाट कुल ४० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ । कोषाध्यक्ष खड्काले पत्रकार सम्मेलनमा १५ करोड ३० लाख रुपैयाँ प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा गरिएको बताए । टिम ओनरबाट ९ करोड रुपैयाँ प्राप्त हुने जानकारी दिँदै उनले डिजिटल प्लाटफर्म ओटीटीबाट पनि आम्दानी हुने बताए । डिसहोम गोबाट ५ करोड ३० लाख रुपैयाँमा बिड भएको छ ।
संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ प्रतिशत डिसहोमको रहने उनको भनाइ छ । आज नै लिनियर टिभी फाइनल भएको छ । त्यसको न्यूनतम रकम १ करोड रुपैयाँ रहेको र त्यो भन्दा बढी आउने अपेक्षा राखिएको कोषाध्यक्ष खड्काले बताए । यस्तै, ८ देखि १२ करोड रुपैयाँ टिकटबाट संकलन हुने उनको भनाइ छ ।
यसपटक क्यानले प्रत्यक्ष प्रसारणका लागि नयाँ प्रविधि प्रयोग गरेको छ । डिसहोमको ओटीटी प्लाटफर्ममा लाइभ स्ट्रिमिङ हुनेछ । यो नेपाली खेलकुदका लागि नौलो प्रयोग भएको कोषाध्यक्ष खड्काले जनाए । ओटीटी प्लाटफर्मका लागि ५ करोड ३० लाख रुपैयाँमा बिड भएको छ । ‘संसारभरबाट उठ्ने रकममा ५ करोड ३० लाख रुपैयाँ घटाएर बाँकी रहेको रकममा क्यानको हिस्सा ७१ प्रतिशत र डिसहोमको २९ प्रतिशत हुनेछ,’ खड्काले भने । यसको प्रसारण स्टार स्पोट्र्स र डिसहोमको ओटीटी प्लाटफर्ममा हुने निश्चित भएको छ । नेपालका लागि लिनियर टिभीको पनि टुंगो लागिसकेको छ । त्यसको न्यूनतम रकम १ करोड रुपैयाँ राखिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सिद्धार्थ बैंक हो । पावर्ड बाइ पार्टनरको रुपमा एनसेल छ । ओमोडा एन्ड जेइको सह–प्रायोजक बनेको छ । अघिल्लो सिजनमा उत्कृष्ट खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमोडाको ६२ लाख रुपैयाँ बराबरको कार पाएका थिए । अन्य कर्पोरेट साझेदारहरु पनि एनपिएलसँग जोडिएका छन् । केएफसी सेलिब्रेसन पार्टनर, एसियन पेन्ट पेन्ट पार्टनर, नेपाल पे अम्पायर पार्टनर, एक्सटेप अपिरियल पार्टनर र ह्यापिडेन्ट स्पार्किङ स्माइल पार्टनरका रुपमा छन् । भिभो, वाइवाइ, एक्सपर्ट एजुकेशन, पल्सर, रेड बुल, खल्ती जस्ता ब्रान्डहरु पनि यसमा सामेल छन् ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया