पोखराबाट खेल्दै जेसन रोय
समाधान संवाददाता
२०८२ कार्तिक २९ गते १९:१४
पोखरा ।
इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जेसन रोय सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
शनिबार पोखरा एभेन्जर्सले सामाजिक सञ्जालमार्फत उनको अनुबन्धको जानकारी दिएको छ ।
३५ वर्षीय रोयले टी–२० क्रिकेटमा ४ सय १२ खेल खेल्दै १० हजार ५ सय ५४ रन बनाएका छन् । उनले सन् २०२२ सम्म इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
रोयसँग इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग ब्यास लिग जस्ता प्रतिष्ठित प्रतियोगिता खेलेको अनुभव छ । पोखरा एभेन्जर्सले यसअघि नै न्युजिल्यान्डका अलराउन्डर जिमी निशम, वेस्ट इन्डिजका अलराउन्डर रेमन रेइफ, र इंग्ल्यान्डका एडम रोसिङटन तथा डान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।
सम्बन्धित









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया