संगठन सुदृढीकरणमा कास्की रेडक्रस

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका ३१ वटा उपशाखाका ५० जना रेडक्रसकर्मीको सहभागिता छ । कार्यक्रममा रेडक्रस कास्कीमा मन्त्री सन्तोष अधिकारीले उपशाखाका काम कर्तव्य र भूमिकाका विषयमा सहजीकरण गरे ।
कास्की शाखाका कोषाध्यक्ष मोहनसिंह खड्काले रेडक्रसको अभियानमा जाँ हेनरी डिउनाको भूमिकासँगै अन्तर्राष्ट्रिय रेडक्रस अभियानका बारेमा र प्रशिक्षक नवराज भण्डारीले नेपाल रेडक्रस सोसाइटी र त्यसका गतिविधि तथा कास्की रेडक्रसले गरेका कामका बारेमा सहजीकरण गरे ।
रेडक्रस कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सबै उपशाखाहरु मार्फत रेडक्रसले आधारभूत तहका जनतालाई मानवीय सेवा दिएको जानकारी दिइन् । रेडक्रस अभियानमा स्वयंसेवकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले उपशाखा मार्फत संकटासन समुदायसँग अझ नजिक रही मानवीय सेवामा लागेका स्वयंसेवकप्रति सम्मान व्यक्त गरिन् । उनले आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिन आग्रह गरिन् ।
रेडक्रस कास्कीका उपसभापति उर्मिला कोइराला न्यौपानेले समुदायमा रेडक्रस मार्फत मानवीय सेवाका गतिविधिलाई अगाडि बढाउन संगठन सुदृढिकरण कार्यक्रम सञ्चालन गरिँदै आएको बताइन् । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कास्की शाखाका मन्त्री अधिकारीले रेडक्रस कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत हरेक पालिका स्तरमा संगठन सुदृढीकरण कार्यक्रम गर्ने जानकारी दिए । उनले रेडक्रस अभियान मार्फत उपशाखाका स्वयंसेवकलाई रेडक्रस सम्बन्धी ज्ञानको प्रचारप्रसार गर्नु कार्यक्रमका मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रममा शाखाका सदस्यहरु बबिता सुवेदी, पार्वती कार्की र सुभाष अधिकारी र कास्की शाखाका कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्त, उपशाखाका उपसभापतिले शान्ति गुरुङ, उपशाखाका सहसचिव रामचन्द्र अधिकारीले रेडक्रस अभियानको बारेमा बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया