आरकेडी होल्डिङ्स र खिलुङ कालिका उत्कृष्ट करदाता
आराका पोखरामा २ लाख ८६ हजार ५२९ करदाता

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले सोमबार राष्ट्रिय कर दिवस २०८२ मनाएको छ । आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । सोही दिवसका अवसरमा करदाता सम्मान तथा शुभकामना आदानप्रदान गरी दिवस मनाइएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरके डी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी करदाता सेवा कार्यालय स्याङ्जा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता खिलुङ कालिका कन्स्ट्रक्सन प्रालिलाई सम्मान गरिएको छ ।
आरकेडीले आर्थिक वर्ष २०८० / ०८१ मा २ करोड १६ लाख ४९ हजार १४१ आन्तरिक राजस्व कार्यालय पोखरामा दाखिला गरेको थियो । खिलुङ कालिकाले सोही आर्थिक वर्षमा करदाता सेवा कार्यालय स्याङ्जामा ८५ हजार ८६ हजार ५१४ रुपैयाँ कर बुझाएको थियो ।
कार्याक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले देश विकासको प्रमुख हिस्सेदार निजी क्षेत्रलाई प्रोत्साहन गर्दै करमैत्री वातावारण सिर्जना गर्नुपर्ने बताइन् । उनले निजी क्षेत्रलाई व्यावसायिक वातावरण तयार गर्न र मनोबल उच्च बनाउने गरी कार्य गर्ने प्रतिवद्धता समेत गरिन् ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोध गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्श लगायतका व्यावसायिक संघ संगठनका प्रतिनिधिले व्यवसायीको मनोबल उठाउने गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत २०८२ कात्तिक मसान्तसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६९ हजार ८ सय ६ पुगेको छ । जसमध्ये मूल्य अभिवृद्धि करमा १२ हजार ८ सय ६९, अन्तः शुल्कमा ४ हजार ५ सय ४२ करदाता आवद्ध छन् ।
पोखरा कार्यालय अन्तर्गत २ लाख १८ हजार १ सय २९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । सबैगरी पोखरा कार्यालयमा २ लाख ८६ हजार ५२९ करदातालाई सेवा प्रवाह गरिरहेको पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए ।
आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको कात्तिक मसान्तसम्ममा १ अर्ब ५० करोड २० लाख राजस्व संकलन गरेको छ । जसमध्ये आयकरतर्फ ८१ करोड ४६ लाख राजस्व संकलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ ५२ करोड २४ लाख रूपैयाँ राजस्व संकलन भएको छ । अन्तशुल्क तर्फ १२ करोड ७१ लाख रूपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले विलाशिता शुल्कवापत ३ करोड ७८ लाख राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत वर्षको सोही अवधिको तुलनामा १ करोड ५४ लाख बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा आन्तरिक राजस्व कार्यालय पोखराले १ अर्ब ६६ लाख ६६ हजार संकलन गरेको थियो ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया