एनपिएल क्रिकेटः पोखरा एभेन्जर्स ‘टस’ जितेर बलिङमा

समाधान संवाददाता २०८२ मंसिर २ गते १६:२३

काठमाडौँ ।

Advertisement

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले ‘टस’ जितेर बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई रहेको छ । दुवै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै चितवन राइनोज विजयी भयो ।

Advertisement

तपाईको प्रतिक्रिया