किसानलाई पेन्सन माग्दै प्रदर्शन

पोखरा । कृषि नीति निर्माण, कृषि बिमाको ग्यारेन्टी तथा किसानलाई पेन्सन लगायतका माग राख्दै अखिल नेपाल किसान महासंघ गण्डकी प्रदेश कमिटिले मंगलबार पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेको छ ।
प्रदेशको नाकामा कृषि क्वारेन्टाइन लागु गर, विदेशबाट आयात विषादियुक्त फलफुल तरकारीको बिक्री बन्द गर लगायत प्लेकार्ड बोकेर किसानहरुले प्रर्दशन गरेका हुन् ।
कृषि उत्पादनका आधारमा अनुदानको व्यवस्था, राष्ट्रिय किसान आयोगको पदाधिकारीको पदपुर्ति, कृषि तथा पशुपन्छी समूहको दर्ता निशुल्क गर्न, कृषि उपज मुल्य कायम गर्न, जलवायुमैत्री कृषि अवलम्बनको माग राख्दै प्रर्दशन गरेको किसान महासंघ गण्डकीका अध्यक्ष गोवद्र्धन गौलीले जानकारी दिए ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी)का कृषि क्षेत्रको ३० प्रतिशत योगदान रहेको बताए । उनले कृषि प्रधान मुलुकमा किसानको उत्पादनले उचित मुल्य नपाएको उल्लेख गरे । ‘नेपाली किसानले उत्पादन गरेका सामाग्रीले बजार नपाएर खेरा गएको छ,’उनले भने, ‘विदेशबाट विना रोकतोक आयातित विषादियुक्त तरकारीको बोलवालाले स्थानीय उत्पादनले उचित मुल्य पाउन सकेको छैन ।’ उनले आम उपभोक्तालाई विषादि रहित तरकारीको व्यवस्था गर्न सरकारले ध्यान दिनु पर्ने उल्लेख गरे ।
तीन तहका सरकार मध्ये संघले नीति, प्रदेश सरकारले कार्यान्वयन र स्थानीय सरकारले बजारको व्यवस्थापन गरे किसानको उत्पादनले सहज रुपमा मुल्य पाउन सक्ने उनले उल्लेख गरे । जलवायु परिवर्तनको असरको कारण सबभन्दा बढि क्षति कृषि क्षेत्रले व्यहोर्न परेको चर्चा गर्दै उनले किसानलाई राहत र पेन्सनको व्यवस्था गर्न माग गरे । उनले भूमिहीन किसानलाई जग्गाको व्यवस्थापन गर्न भूमि बैंकको व्यवस्था गर्न आग्रह गरे ।
किसान महासंघका स्थायी कमिटी सदस्य चुडामणि बरालले किसानका सबै माग पूरा गर्न दबाब दिन किसान सभा गरेको जानकारी दिए । किसानका २० सुत्रिय मागलाई सरकारले सम्बोधन नगरेका कारण महासंघले पटक पटक प्रर्दशन गर्नु परेको उनले उल्लेख गरे ।
किसान महासंघ गण्डकीका अध्यक्ष गौलीले नेपालका सबै खालका राजनीतिक परिवर्तनको अनुभूति किसान गर्न नपाएको बताए । नेपाली किसान हिजो भन्दा आज झन बढी संकटमा परेको दाबी गर्दै उनले अहिलेको सरकारले विदेशबाट आयात हुने तरकारीको करलाई शुन्यमा झारेको आरोप लगाए । उनले बेमौषमी वर्षातले धानबाली नष्टहँुदा किसान मारमा परेको उल्लेख गरे ।
कार्यक्रममा किसान महासंघका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज बेगप्रसाद गर्वुजा गण्डकी प्रदेश कमिटिका सचिव महेश्वर दवाडीले किसानका माग पुरा गर्न गण्डकी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको बताए ।









४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया