सहारा एकेडेमीमा दुधजंग गुरुङको सहयोग

पोखरा । सहारा क्लब हङकङका सल्लाहकार दुधजंग गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा २० हजार नगद सहयोग गरेका छन् ।
पोखराको माटेपानी घर भई हाल रोजगारी सिलसिलामा हङकङ बसोबास गर्दै आएका उनले एकेडेमी संयोजक विष्णु गुरुङ सो रकम हस्तान्तरण गरेका हुन् । साथै, उनले एकेडेमीका बालकहरुका लागि फलफूलसमेत प्रदान गरे ।
यसैबीच, सहारा क्लब पोखराले एकेडेमी सहयोग सञ्चालनार्थ गरेको च्यारिटी डिनर नाइटमा समेत उनले १० हजार सहयोग गरेका थिए । क्लबको उद्देश्यप्रति प्रभावित भई गुरुङले आगामी दिनमा पनि सहयोग निरन्तर गर्ने आश्वासन दिए ।
सहारा क्लब पोखराका पूर्व उपाध्यक्ष एवं सहारा क्लब हङकङका संस्थापक अध्यक्ष दीपक गुरुङले समन्वय गरेको सो कार्यक्रममा सहयोगदातालाई वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, उपाध्यक्ष बिनु रानामगर र एकेडेमी संयोजक विष्णु गुरुङले संयुक्त रुपमा फूलगुच्छा र खादा लगाई स्वागत गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले सहयोगदाता एवं समन्वयप्रति धन्यवाद साथ हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगी हात बढाउन अनुरोध गरे ।
सो अवसरमा कोषाध्यक्ष लिलबहादुर थापा, कार्यसमिति सदस्य अमरबहादुर राजभण्डारी, ज्योती केसी, विजय गुरुङ, शैलेश गुरुङ, पूर्व कार्यसमिति सदस्य रविन श्रेष्ठको उपस्थिति थियो । जाँदाजाँदै दुधजंग गुरुङ र दीपक गुरुङले एकेडेमीका ३ जना कर्मचारीलाई प्रोत्साहनस्वरुप जनही १ हजार सहयोग गरे । कार्यक्रम संचालन क्लब महासचिव गंगाराज पौडेलले गरेका थिए ।
सहारा क्लब पोखराद्वारा पोखरा–१७, दोबिल्लामा सञ्चालित एकेडेमीमा हाल ३० जना बालकहरु छन् ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया