२ खर्ब ७५ अर्ब रुपैयाँ कर असुली बाँकी

पोखरा ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्ममा करिब ३.३ लाख करदाताबाट २ खर्ब ७५ अर्ब रुपैयाँ कर असुली हुन बाँकी रहेको छ । यसमध्ये ९४ अर्ब ९५ करोड रुपैयाँ सामान्य बक्यौता र १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ प्रशासकीय पुनरावलोकनमा रहेका करदाताबाट असुल गर्न बाँकी छ ।
बक्यौतामध्ये सबैभन्दा धेरै आयकरतर्फ २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४८ अर्ब ७० करोड रुपैयाँ, अन्तःशुल्कतर्फ ४ अर्ब ९ करोड रुपैयाँ र अन्यतर्फ ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा विभागले बक्यौता असुलीमा खासै प्रगति गर्न सकेन । आयकरतर्फ २२ अर्ब ७६ करोड रुपैयाँ असुली गर्ने लक्ष्य राखिएकोमा जम्मा ८ अर्ब ७१ करोड रुपैयाँ मात्र असुल भयो, जुन लक्ष्यको ३८.२९ प्रतिशत मात्र हो । मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँको लक्ष्यमा १० अर्ब ३३ करोड रुपैयाँ (६३.२८ प्रतिशत) असुल भयो ।
तर, बक्यौता समायोजनमा भने विभागले राम्रो प्रगति गरेको छ । आयकरतर्फ २७ अर्ब ३८ करोड रुपैयाँको लक्ष्यमा २१ अर्ब ३९ करोड रुपैयाँ (७८.१ प्रतिशत) समायोजन भयो । मूल्य अभिवृद्धि करतर्फ १८ अर्ब १७ करोड रुपैयाँको लक्ष्यमा २२ अर्ब २९ करोड रुपैयाँ (१२२.६३ प्रतिशत) समायोजन भएको छ।
यसले गर्दा सरकारलाई ठूलो राजस्व घाटा भइरहेको छ, जसले विकास निर्माण र अन्य सार्वजनिक खर्चमा असर पारेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया