पोखरामा भोलीदेखि युरोपेली फिल्म महोत्सव

समाधान संवाददाता २०८२ मंसिर ४ गते १६:४५

पोखरा ।
पोखरामा ७ वर्षपछि शुक्रबारदेखि १४औं युरोपेली फिल्म महोत्सव (इयुएफएफ) हुन लागेको छ । चिप्लेढुंगास्थित ट्रेड मलको क्युएफएक्स सिनेमाजमा शनिबार र आइतबार (२२ र २३ नोभेम्बर) मा फिल्महरु प्रदर्शन गरिनेछ ।

Advertisement


युरोपेली युनियनको यो सांस्कृतिक अभियानअन्तर्गत हुने महोत्सवमा ५ वटा युरोपेली फिचर फिल्म, ६ वटा बाफ्टामा मनोनित सर्ट फिल्म र ९ वटा नेपाली सर्ट फिल्म गरी कुल २० वटा फिल्म देखाइने आयोजकले जनाएको छ । दर्शकले यी फिल्महरू निःशुल्क हेर्न पाउनेछन् ।


महोत्सवको उद्घाटन शुक्रबार साँझ ५ बजे हुनेछ । उदघाटन समारोहमा मार्ता सविनाद्वारा निर्देशित १ घण्टा ३७ मिनेट लामो फिल्म ‘द गर्ल फ्रम टुमरो’ देखाइनेछ । सन् १९६५ को सिसिलीको परिवेशमा आधारित यो फिल्मले परम्परालाई चुनौती दिँदै जबरजस्ती गरिने विवाह अस्वीकार गरेर न्यायका लागि लड्ने सशक्त पात्र लियाको कथा बोकेको छ ।

Advertisement


काठमाडौंमा गत साता सम्पन्न महोत्सवको सफलतापछि पोखरामा यो कार्यक्रम विस्तार गरिएको हो । काठमाडौंमा १८ सय भन्दा बढिले फिल्म हेरेको आयोजकले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया