टाइगर ग्रुप अफ पोखरा नेपालको साधारण सभा

पोखरा ।
टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार पोखरामा चौथो वार्षिक साधारण सभा गरेको छ ।
साधारण सभामा सचिब डिबी नेपालीको प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिबहादुर श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
टाइगर ग्रुपले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२ को तयारी तिब्र बनाएको अध्यक्ष नारायणप्रसाद शर्माले बताए । यो संस्करणमा मालदिभ्सको राष्ट्रिय पुरुष टोलीले सहभागिता जनाउने पक्का भएको अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता माघ ९ देखि १७ गते सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा मनिपाल शिक्षा अस्पतालका निर्देशक नारायण पौडेलले टाइगर ग्रुपले छोटो अवधिमा गरेको सम्झिए । संस्थाले गर्ने हरेक काम प्रशंसनीय र महत्वपूर्ण हुने भएकाले सहकार्यका लागि तयार रहेको उनले बताए ।
नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार हरिप्रसाद पराजुली, वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटा, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरूङ, टाइगर ग्रुपका उपाध्यक्ष देवेन्द्र केसी, खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमवी आस्थामगरलगायतले टाइगर ग्रुपले गरेको कार्यको प्रशंसा गर्दै आगामी कार्यक्रमको शुभकामना दिएका थिए ।
सचिव नेपालीले आफ्नो प्रतिवेदनमा छैटौं टाइगर कपको आयोजनासँगै शिक्षा, स्वास्थ्यलगायत अन्य सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताए । त्यस्तै संस्थाले खेलाडी तथा प्रशिक्षकहरुको सम्मान, मुस्ताङमा मुटु स्वास्थ्य अभिमुखीकरण कार्यक्रमलगायत १ दर्जन प्रस्तावित कार्यक्रमहरु तय गरिएको जानकारी दिए ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया