लेखनाथ महोत्सवको स्टल बुकिङ खुला

समाधान संवाददाता २०८२ मंसिर ९ गते १२:०४

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले पुस ३ देखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवका लागि स्टल बुकिङ खुला गरेकोे छ । पहिलो चरणमा संघका सदस्यका लागि मंसिर ८ गतेबाट स्टल बुकिङ खुला गरिएको स्टल व्यवस्थापन तथा निर्माण समितिका संयोजक भरत थापाले जानकारी दिए ।


अन्य व्यवसायीका लागि दोस्रो चरणमा मंसिर १५ गतेबाट स्टल बुकिङ खुला गरिनेछ । महोत्सवमा कृषि तथा स्थानीय उत्पादनका स्टललाई प्राथमिकता दिइने संयोजक थापाले बताए । महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सीप हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक जानुका पराजुली अधिकारीले बताइन् ।


लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने २१ औं संस्करणको महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रालिले मुख्य प्रायोजन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया