भास्कर मेमोरियल स्कुलमा स्पोट्र्स मिट

समाधान संवाददाता २०८२ मंसिर १० गते १७:०९

पोखरा ।
फूलबारी अवस्थित भास्कर मेमोरियल स्कुलको कक्षा ११/१२ तर्फको खेलकुद सप्ताह सुरु भएको छ । सप्ताह कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका निर्देशक विश्वराज बास्तोलाले विद्यार्थीहरुको शिक्षणसँगै चौतर्फी विकास गराउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने र विद्यार्थीहरुलाई अनुशासित भएर खेल खेल्न निर्देशन दिए । उनले प्रतियोगितामा उद्घाटन बलसमेत हस्तान्तरण गर्दै शुभकामनासमेत दिए ।

Advertisement


मंगलबार सम्पन्न भलिबल प्रतियोगिताअन्तर्गत अन्नपूर्णतर्फ प्रशान गुरुङ, युनिक विक, सुशील क्षेत्री, विवेक सुनार, कौशल गुरुङ, भक्तबहादुर क्षेत्री र इमान श्रेष्ठको समूह विजेता भयो ।

बास्केटबलतर्फ माछापुच्छ्रे समूहका सौगात पुन, देव खराल, अमृत शाही, सुबिन गुरुङ, सफल विक, विवेक विक र मनित पुरीको समूहले जित हासिल गर्न सफल भए । त्यस्तै १०० मिटर रिले रेसतर्फ सरस्वती न्यौपाने, प्रमिशा पौडेल र सोनिया भण्डारीले प्रथम स्थान हासिल गरे ।

Advertisement


समारोहमा ११/१२ तर्फका संयोजक रमेशराज भण्डारीले विद्यार्थीहरुलाई सफलताको शुभकामना सुनाउँदै यस्ता प्रतियोगिताले विद्यार्थीको चौतर्फी विकास हुनेमा जोड दिए । साथै अनुशासनलाई ख्याल गर्दै खेल खेल्न निर्देशन दिए ।

Advertisement

तपाईको प्रतिक्रिया