
जोमसोम ।
कोरला नाका स्थित दशगजा क्षेत्रमा स्थानीय हाट, बजारका लागि पूर्वाधार निर्माण गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी अन्तर्ग पूर्वाधार विकास कार्यालयले कोरलामा हाट बजार व्यवस्थापनका लागि पूर्वाधार निर्माण बनाउने भएको हो ।
नेपाल चीन नाकामा हाट बजार पूर्वाधार निर्माणका लागि यो वर्ष ५० लाख बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जगदीश जोशीले जानकारी दिए । कोरलामा स्थानीय हाट बजार पूर्वाधार निर्माणका लागि प्रारम्भिक सर्भे भइसकेको छ । ‘स्थानीय हाट बजार पूर्वाधारका लागि सर्भे, लागत स्टमेट र डिजाइनको काम सुरु गरेका छौं । स्थानीय जनप्रतिनिधि र स्थानीय हाट बजार चलाउने व्यापारीको धारणा बुझ्दै छौं,’ उनले भने, ‘यसलाई कस्तो डिजाईनको पूर्वाधार बनाउने भन्ने अहिल्यै यकिन भइसकेको छैन ।’
कोरला नाका २०८० कात्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो । सीमावर्ती क्षेत्रका नागरिकका लागि बाह्रै महिना नाका खुला गरिएसँगै चिनियाँ मालसामान बिक्री गर्न अस्थायी रुपमा त्रिपाल टाँगेर हाट बजार चलाइएको छ ।
नाका आसपास करिब २ दर्जनले पसल चलाएका छन् । समुन्द्री सतहको ४ हजार ६ सय २० मिटरमा अवस्थित नाकामा हाट बजार चलाउनेदेखि सीमावर्ती स्थानीय युवालाई वैकल्पिक व्यापार, व्यवसाय चलाएर जीविकोपार्जनमा योगदान पुगेको छ । तर, नाकामा हाट बजार चलाउने स्थानीयका लागि भरपर्दो पूर्वाधार नहुँदा हिमपात, चिसो र हावाहुरीको सामाना गर्नुपर्ने बाध्यता छ ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर जोशीका अनुसार कोरलामा स्थानीय हाट बजार पूर्वाधार निर्माणका लागि विनियोजित बजेट अपुग हुने देखिएमा प्रदेश सरकारसँग थप बजेटको माग गरिनेछ । २०८१ कार्तिक १४ गते नेपाल —चीन सिमाना कोरला स्थित अध्यागमन कार्यालयको उद्घाटन कार्यक्रममा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकामा अव्यवस्थित रुपमा सञ्चालन भएको स्थानीय हाट, बजारलाई व्यवस्थित गर्ने प्रतिवद्धता गरेका थिए ।
चीनतर्फ भव्य संरचना र नेपालतर्फ पठार रहेको कोरलामा व्यवस्थित बजारका लागि गण्डकी सरकारले ५० लाख विनियोजन गरेको छ
मुख्यमन्त्री पाण्डेले त्यसपछि यहाँको नाकामा हाट, बजार व्यवस्थापन गर्न बजेट व्यवस्थापन गरेका हुन् । तर, प्रदेश सरकारबाट विनियोजित बजेट ज्यादै न्यून भएको स्थानीय सरोकारवालाको भनाइ छ । पछिल्लो समय नेपाल—चीन नाका व्यापारिक केन्द्रका रुपमा मात्रै नभई पर्यटकीय गन्तव्यसमेत बनेको छ ।
नाकामा अनुकूल मौसममा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । गत ३० भदौमा यहाँको नाका पूर्व रुपमा सञ्ञ्चालनमा आएसँगै पर्यटकीय चहलपहल थप बढेको हो । अचेल दैनिक दर्जनौं मालबाहक सवारी साधन कोरला पुग्ने गरेका छन् ।
नाकामा नेपाल पक्षबाट आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा त्यहाँ पुग्ने पर्यटक तथा स्थानीय हाट बजार चलाएर बस्ने नागरिकलाई निकै सास्ती हुने गरेको छ । नाकामा खानेपानी, शौचालय, हाट, बजारका स्टल लगायतका पूर्वाधार छैनन् । यी समस्याले स्थानीय र पर्यटकलाई समेत पिरोलेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ बताउँछन् । नाकामा पूर्वाधार निर्माणका लागि स्थानीय तह एक्लैले काम गर्न गाह्रो हुने उनको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा
पोखरामा राइज फिटनेसको ३ शाखा संञ्चालन, ५ करोडभन्दा बढी लगानी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया