बागलुङ–लामाचौर भिड्ने

पोखरा ।
पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनल प्रवेश गरेका छन् ।
नदीपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । लालीगुराँस लामाचौरले वालिङ भलिबल क्लबलाई २५–११, २५–१८ र २५–१६ को सेटमा पछि पार्यो ।
महिलातर्फको दोस्रो सेमिफाइनलमा झिर हाउस बागलुङले शान्ता माविलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । झिर हाउस बागलुङले शान्ता माविलाई २५–१२, २५–१७ र २५–१६को सेटमा पराजित गर्दै उपाधिका लागि लालीगुराँस लामाचौरसँगको भेट पक्का गरेको हो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ भने लिग चरणको खेल सुरु भएको प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए । पुरुषतर्फ भएको लिगचरणको पहिलो खेल ठकुरी समाज तनहुँ र पोखरा भलिबल प्रशिक्षण केन्द्रबीच भएको खेल भने लाइट प्रोटेस्टका कारण स्थगित भएको छ ।
दुवै टिमले २÷२ सेट आफ्नो पक्षमा पारेपछि खेल लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको प्रतियोगिता संयोजक खड्काले जानकारी दिए । उक्त खेल बिहीबार बिहान ८ बजेदेखि हुनेछ ।
पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख, सिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने छन् । सेमिफाइनलमा पुग्ने २ टिमलाई नगद २५/२५ हजार प्रदान गरिनेछ ।
महिलातर्फका विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ७ समूहको सहभागिता छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एन्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता १३ गतेसम्म चल्नेछ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया