श्रीवृद्धि सहकारीमा मीनबहादुर सर्वसम्मत

पोखरा । श्रीवृद्धि बचत तथा ऋण सहकारीको १७ औं वार्षिक साधारण सभा तथा ६औं अधिवेशनले मीनबहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । पोखराको छापापानी स्थित शीतलादेवी पार्टी प्यालेसमा भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा लीलाधर अधिकारी, सचिवमा शंकर तिमिल्सिना र कोषाध्यक्षमा रेशम अधिकारी रहेका छन् । त्यस्तै सञ्चालक सदस्यहरुमा डा नारायण ओझा, हरि गिरी, कृष्णमाया गुरुङ, सरस्वती सिग्देल र पुष्कलराज तिमिल्सिना सर्वसम्मत चयन भएका छन् । अधिवेशनले बसन्तराज गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ । लेखा समितिका सदस्यहरुमा शान्तिकुमारी बास्तोला र राजेश तिमिल्सिना निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका सेयर सदस्य तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्रा डा बुद्धिबहादुर थापाले अहिलेको असहज परिस्थितिमा पनि संस्थाले गरेको प्रगतिको प्रशंसा गरे । उनले भने, ’यस्तो विषम परिस्थितिमा पनि संस्थाले आफ्नै स्थायी भवन स्थापना गरी कार्यालय सञ्चालन गरेकोमा संस्था धन्यवादको पात्र छ ।’
साधारण सभाका अवसरमा संस्थाले उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा असल कारोबारदाताका रुपमा मेघबहादुर पचभैया र असल निक्षेपकर्ताका रुपमा ईश्वरीप्रसाद पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै वर्षको उत्कृष्ट कर्मचारीका रुपमा निशा गुरुङलाई सम्मान गरिएको छ । सञ्चालक समिति सदस्य शंकर तिमिल्सिनाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष रुद्रनाथ अधिकारीले गरेका थिए ।







रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा
पोखरामा राइज फिटनेसको ३ शाखा संञ्चालन, ५ करोडभन्दा बढी लगानी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया