संसारमा बिहेको सुरुवात कसरी भयो ?

इसापूर्व १२ को साल थियो । रोम सहरका गल्लीहरूमा एउटा मान्छे आफ्नी पूर्वपत्नीलाई देख्छ । उनीहरूको आँखा जुध्छ र ती मान्छेको आँखामा आँसु भरिन्छ । ऊ उनलाई आज पनि अगाध माया गर्छ, ऊ रुन थाल्छ । यो कुनै सामान्य मान्छे थिएन । यी थिए– तिबेरियस, रोमका महान् सम्राट् अगस्टसका सौतेनी छोरा र भावी सम्राट् । अनि ती महिला थिइन्– विप्सानिया, उसकी पहिलो पत्नी, जसलाई ऊ संसारमा सबैभन्दा धेरै चाहन्थ्यो । उनीहरूको एउटा बच्चा पनि थियो । उनीहरूको जिन्दगी खुसीसाथ बितिरहेको थियो तर सम्राट् अगस्टसलाई एउटा राजनीतिक सम्झौता गर्नु थियो । उनलाई आफ्नी छोरी जुलियाका लागि एउटा शक्तिशाली पति चाहिएको थियो र तिबेरियसभन्दा शक्तिशाली को हुन्थ्यो ?
सम्राट्ले हुकुम सुनाए । तिबेरियसले आफ्नी प्यारी पत्नी विप्सानियालाई पारपाचुके दिएर उसकी ठाउँमा जुलियासँग बिहे गर्नुपर्ने भयो । तिबेरियसको मन छियाछिया भयो तर सम्राट्को हुकुमको अगाडि कसको के लाग्छ र ! बिहे भयो । इतिहासकारहरू लेख्छन् कि त्यस दिनपछि, जबजब तिबेरियसको आँखा आफ्नी पहिलो पत्नीमा पथ्र्यो, ऊ धरधरी रुन थाल्थ्यो । यो देखेर सम्राट् अगस्टसले यस्तो बन्दोबस्त मिलाए कि उनीहरू दुवै फेरि कहिल्यै एक–अर्काको साम्ने पर्न नसकून् । यो कुनै अनौठो कथा होइन ।
हजारौँ वर्षसम्म दुनियाँ यसरी नै चल्यो । यो अपवाद होइन, नियम थियो । बिहेको प्रेमसँग कुनै लेनादेना थिएन । खासमा प्रेमलाई राम्रो बिहेका लागि खतरा मानिन्थ्यो । एउटा यस्तो डढेलो जसले बसेसराएका साम्राज्यहरूलाई, समाजका नियमहरूलाई र परिवारको इज्जतलाई जलाएर खरानी बनाउन सक्थ्यो । प्रेमलाई काबुमा राख्नु जरुरी थियो । त्यसो भए यो सब सुरु कसरी भयो ? यदि बिहे प्रेमका लागि बनेको थिएन भने फेरि किन बन्यो ? त्यो कुन बाध्यता थियो ? त्यो कुन कारण थियो, जसले मान्छेलाई एउटा यस्तो बन्धनमा बाँधिदियो जसलाई आज हामी ‘बिहे’ भन्छौँ ? अलिफ लैलाको यो शृङ्खलामा हामी थाहा पाउनेछौँ कि मान्छेले बिहे गर्न कहिले सुरु गर्यो र किन ?
बिहेभन्दा पहिले बच्चा
आजभन्दा करिब ७०,००० वर्षपहिले । कल्पना गर्नुहोस् । न कुनै सहर छ, न कुनै गाउँ । मात्र घना जंगल, विशाल मैदान र नदीहरू । यस दुनियाँमा हामी मान्छे अर्थात् होमो सेपियन्स २०–५० जनाको सानो समूहमा बस्थ्यौँ । जिन्दगीको एउटै मकसद थियो– बाँच्नु ।
हाम्रो कुनै एउटा ठेगान थिएन । हामी घुमन्ते थियौँ । जहाँ सिकार पाइयो, जहाँ खानलायक फलफूल पाइयो, त्यहीँ हाम्रो बास हुन्थ्यो । यस्तोमा परिवार कस्तो हुन्थ्यो होला ? पति, पत्नी, छोराछोरी ? यसको जवाफले तपाईंलाई चकित पार्न सक्छ । आजको न्युक्लियर फ्यामिलीको (ल्गअभिबच ँबmष्थि) त्यो दुनियाँमा कुनै अस्तित्व थिएन । इतिहासकार युवाल नोआ हरारी आफ्ना किताब ‘सेपियन्स’ मा यसलाई एन्सिन्ट कम्युन (ब्लअष्भलत ऋयmmगलभ) भन्छन् । अर्थात् एउटा यस्तो समाज जहाँ सबै थोक साझा थियो । सिकार, खाना र यहाँसम्म कि बच्चाहरू पनि ।
एउटा बच्चाको पालनपोषण उसकी आमाले मात्र गर्दिनथिन्, बरु कबेलाका (समूहका) सबै महिलाहरू मिलेर उसलाई हुर्काउँथे । कुनै एक पुरुष उसका पिता कहलाउँदैनथ्यो, कबेलाका सबै पुरुष उसका रक्षक हुन्थे । यो सिस्टम सुन्दा अनौठो लाग्न सक्छ तर यसको पछाडि एउटा ठुलो बायोलोजिकल कारण थियो– मान्छेको बच्चा ।
जनावरका बच्चाहरू केही घण्टा वा हप्तामै आत्मनिर्भर हुन्छन् तर मान्छेको बच्चा वर्षौंसम्म पूर्ण रूपले असहाय हुन्छ । एउटा आमाका लागि एक्लै एउटा बच्चालाई यति वर्षसम्म हुर्काउनु लगभग असम्भव थियो । यही बाध्यताले एउटा ‘जोडी’ को सम्बन्धलाई जन्म दियो । एक पुरुष र एक महिला केही समयका लागि सँगै बस्थे । पुरुष सिकार ल्याउँथ्यो, महिला बच्चाको हेरविचार गर्थिन् । यो एउटा टिमवर्क थियो तर यो ‘बिहे’ थिएन । यहाँ कुनै रीतिरिवाज वा कसमहरू थिएनन् । यो एउटा अनौपचारिक, अस्थायी व्यवस्था थियो ।
यो सिस्टममा अर्को एउटा ठुलो प्रोब्लम थियो– ‘प्रोब्लम अफ प्याटर्निटी’ (एचयदझि या एबतभचलष्तथ) । अर्थात्, एक पुरुष कहिल्यै पनि १०० प्रतिशत यकिनका साथ भन्न सक्दैनथ्यो कि कबेलाको कुन बच्चा उसको हो । त्यसैले समाजले यसको हल निकाल्यो । उनीहरूले यो प्रश्नलाई नै गैरजरुरी बनाइदिए । जब कुनै एउटा बच्चा कुनै एक मान्छेको छँदै छैन, ऊ पुरै कबेलाको हो भने, फेरि डाह किन ? हजारौँ वर्षसम्म मान्छे यसरी नै सफल व्यवस्थामा बाँचे तर फेरि एउटा खोजले यो पुरै व्यवस्थालाई सधैँका लागि बदलिदियो ।
जमिन, जायजेथा र जरुरत
त्यो खोज थियो– खेती । करिब १०,००० वर्षपहिले, मान्छेले बिउ रोप्न र बाली फलाउन सिक्यो । इतिहासका किताबहरूमा यसलाई मानवताको सबैभन्दा ठुलो छलाङ बताइन्छ तर युवाल नोआ हरारी यसलाई ‘इतिहासको सबैभन्दा ठुलो धोका’ भन्छन् । धोका किन ? किनभने खेतीले मान्छेको जिन्दगीलाई सजिलो होइन बरु झन् मुस्किल बनाइदियो । सिकारी–समूहहरूको जीवन निकै आरामदायी थियो । उनीहरु दिनमा केही घण्टा काम गर्थे, थरीथरीका भोजन गर्थे र स्वतन्त्र घुम्थे तर किसान ? उसले बिहानदेखि बेलुकासम्म, कम्मर भाँचिने गरी मिहिनेत गर्नुपथ्र्यो । जोत्नु, रोप्नु, सिँचाइ गर्नु, काट्नु र बदलामा उसले के पाउँथ्यो ? गहुँ, चामल वा मकैमा अडिएको एउटा बोरिंग डाइट । बिमारीहरू धेरै थिए र मिहिनेत पनि ।
फेरि मान्छे यो जालमा फस्यो किन ? एउटा कारणले । खेतीले आवादी (जनसंख्या) बढ्यो । धेरै नै बढ्यो । सिकारमा बाँच्ने एउटा सानो कबेला जति जमिनमा मुस्किलले गुजारा गथ्र्यो, त्यति नै जमिनमा खेती गरेर एउटा पुरै गाउँ पाल्न सकिन्थ्यो र यहीँबाट सबै थोक बदलियो । मान्छेको हजारौँ वर्ष पुरानो घुमन्ते जिन्दगी सकियो । उसले घर बनायो, गाउँ बसायो र मान्छेको जीवनमा पहिलो पटक एउटा नयाँ र शक्तिशाली विचारको जन्म भयो– ‘निजी सम्पत्ति’ । ‘मेरो’ र ‘तेरो’ । एउटा सिकारीसँग धेरै थोक हुँदैनथ्यो तर एउटा किसानसँग जमिन थियो, घर थियो, अन्न थियो, गाईवस्तु थिए । यी सब उसकी आफ्नै मिहिनेतको कमाइ थियो र यही ‘मेरो सम्पत्ति’ को विचारले एउटा यस्तो प्रश्नलाई जन्म दियो, जसले दुनियाँ बदलिदियो ः ‘म मरेपछि, मेरो यो सम्पत्ति के हुन्छ ?’
ऊ यसलाई कसैलाई सुम्पेर जान चाहन्थ्यो । तर कसलाई ? आफ्ना छोरालाई ? तर कुन छोरा ? कुन आइमाईबाट जन्मिएको छोरा ? उसलाई अब एउटा ‘ग्यारेन्टी’ चाहिएको थियो । एउटा पक्का सबूत कि जुन बच्चा उसको सम्पत्तिको वारिस बन्ने छ, ऊ उसकै रगतको हो । यही ग्यारेन्टीको जरुरतले बिहेलाई जन्म दियो । इतिहासकार स्टेफनी कुन्ट्ज आफ्नी किताब ‘म्यारिज, अ हिस्ट्री’ मा लेख्छिन् कि बिहेको आविष्कार प्रेमका लागि होइन, बरु कसको सम्पत्ति कसले पाउनेछ भन्ने तय गर्नका लागि भएको थियो । बिहे एउटा सार्वजनिक घोषणा थियो । यो महिला अब यो पुरुषकी हो र यो सम्बन्धबाट जन्मिने बच्चाहरू नै यस पुरुषका ‘जायज’ वारिस हुनेछन् ।
यो नयाँ व्यवस्थाले महिलाहरूको जिन्दगीलाई सधैँका लागि बदलिदियो । उनको सबैभन्दा ठुलो मूल्य उनको कोख बन्यो । उनको दुनियाँ जंगलको स्वतन्त्रताबाट खुम्चिएर घरको चारदिवारीमा कैद भयो । बिहे, आफ्नो सुरुवातमा, एउटा आर्थिक व्यवस्था थियो । यसको मकसद थियो सम्पत्तिलाई कन्ट्रोल गर्नु र एक पटक जब मान्छेलाई यो थाहा भयो कि बिहेबाट जमिन र जायजेथालाई कन्ट्रोल गर्न सकिन्छ तब उसलाई यो बुझ्न देर लागेन कि यसबाट मान्छेहरू र सल्तनतहरूलाई पनि कन्ट्रोल गर्न सकिन्छ ।
एउटा राजनीतिक सौदा
मान्छेलाई एउटा नयाँ हतियार मिलेको थियो । एउटा यस्तो हतियार जो तरबारभन्दा बढी धारिलो थियो– बिहे । अब यसले परिवारलाई मात्र होइन, सल्तनतहरूलाई कन्ट्रोल गर्न सक्थ्यो । यसको सबैभन्दा ठुलो उदाहरण हामीलाई आफ्नै धर्तीमा मिल्छ । आजभन्दा करिब २३०० वर्षपहिले, सिकन्दरका जेनेरल सेल्युकस निकेटरले भारतमा हमला गरे । उनको सामना भयो सम्राट् चन्द्रगुप्त मौर्यसँग । युद्धपछि सेल्युकसले आफ्नी छोरी हेलेनाको बिहे चन्द्रगुप्तसँग गरिदिए । यो दुई जनाको सम्बन्ध मात्र थिएन, दुई साम्राज्यका बिच एउटा सौदा थियो । यो एउटा बिहेको बदलामा सेल्युकसले आजको अफगानिस्तान र पाकिस्तानको एउटा ठुलो इलाका मौर्य साम्राज्यलाई सुम्पिदिए । एउटा बिहे र सिमानाहरू बदलिए । दुस्मन, नातेदार बने ।
सर्वसाधारणका लागि पनि बिहे एउटा सौदा नै थियो । एउटा किसानलाई पत्नी चाहिएको थियो तर रोमान्सका लागि होइन । उसलाई एक जोडी हात चाहिएको थियो जसले घर र खेतको काम सम्हाल्न सकोस् र बच्चा जन्माउन सकोस् । एउटा आइमाईलाई पति चाहिएको थियो सुरक्षा र एउटा बासका लागि । बिहेको अर्को एउटा ठुलो फाइदा थियो– नातागोताको नेटवर्क । जब दुई जनाको बिहे हुन्थ्यो तब उनीहरू मात्र जोडिँदैनथे । उनीहरूका पुरै परिवार, पुरै खानदान आपसमा जोडिन्थे ।
तपाईंको ससुराल पक्ष । उनीहरू नातेदार मात्र थिएनन् । उनीहरू तपाईंका सुरक्षा कवच थिए । बाली बिग्रियो ? तपाईंका ससुराले तपाईंको मद्दत गर्ने छन् । कुनै छिमेकीसँग झगडा भयो ? तपाईंका जेठान/साला तपाईंसँग उभिनेछन् । बिरामी पर्नुभयो ? आपकी सासू घर आएर बच्चाहरूलाई सम्हाल्ने छिन् । बिहे तपाईंको सोसल इन्सोरेन्स थियो । त्यसैले हजारौँ वर्षसम्म, महलदेखि झुपडीसम्म, बिहेको मात्र एउटा मतलब थियो– एउटा प्राक्टिकल सम्झौता । माया, पिरती, मन । यी शब्द बिहेको डिक्सनरीमा छँदै थिएनन् । खासमा प्रेमलाई बिहेका लागि एउटा खतरा मानिन्थ्यो ।
मनको क्रान्ति
माया, प्रेम, पिरती । यी भावना सधैँदेखि थिए तर हजारौँ वर्षसम्म, यिनलाई बिहेको ढोकाबाहिर नै राखियो । प्रेम एउटा दुर्लभ, एउटा अनौठो घटना थियो र किनभने यो यति दुर्लभ थियो त्यसैले जबजब यो हुन्थ्यो तब एउटा कथा बन्थ्यो । हामी हीर–राँझा, लैला–मजनु, रोमियो–जुलियटको कथाहरू किन सम्झिन्छौँ ? यस कारणले होइन कि उनीहरूको जमानामा सबै जना प्रेम गर्थे । बरु यस कारणले किनकि कसैले गर्दैनथे । यी सबै प्रेम कथाहरू खासमा ‘ट्राजेडी’ हुन् । यिनको अन्त्य दुःखद भयो किनभने यी पात्रहरूले आफ्नो समाजको सबैभन्दा ठुलो नियम तोडेका थिए । उनीहरूको कथा एउटा चेतावनी थियो कि यदि मनको पछि लाग्छौ भने बर्बाद हुनेछौ ।
फेरि यो बदलाव आयो कसरी ?
यो क्रान्ति १८औँ र १९औँ शताब्दीमा युरोपबाट सुरु भयो । नयाँ विचारकहरूले पहिलो पटक ‘व्यक्तिगत स्वतन्त्रता’ र ‘व्यक्तिगत खुसी’ को कुरा गरे । यो एउटा क्रान्तिकारी विचार थियो । यही सोचलाई हावा दिने काम ग¥यो औद्योगिक क्रान्तिले । मानिसहरू अब बाउबाजेको जमिनमा मात्र निर्भर थिएनन् । उनीहरू सहरमा गएर फ्याक्ट्रीहरूमा काम गरेर आफ्नो तलब आफैँ कमाउन सक्थे । जब एउटा नौजवानको गोजीमा आफ्नै पैसा हुन्छ तब उसमा आफ्ना फैसला आफैँ लिने हिम्मत आउँछ । यो आगोलाई हावा दिनमा अर्को आविष्कारले ठुलो भूमिका खेल्यो ।
प्रिन्टिङ प्रेस र त्यसबाट छापिन्ने उपन्यास । पहिलो पटक, सर्वसाधारणको हातमा कथाहरू थिए । मायाको, रोमान्सको, विद्रोहको । मानिसहरूले यी कथाहरू पढे र आफ्नो जिन्दगीमा पनि त्यस्तै माया खोज्ने सपना देख्न थाले । यो एउटा पुस्तागत संघर्ष थियो । पुरानो पुस्ता भन्थ्यो– ‘बिहे एउटा जिम्मेवारी हो ।’ नयाँ पुस्ता भन्थ्यो– ‘होइन ! बिहे प्रेमको इजहार हो ।’
बिस्तारै, दशकौँको संघर्षपछि, यो विचार समाजमा आफ्नो ठाउँ बनाउन थाल्यो । २०औँ शताब्दी आउँदा–नआउँदै, प्रेम अब बिहेको एउटा अप्सन रहेन । त्यो बिहेको सबैभन्दा ठुलो र सायद एक मात्र कारण बन्यो तर जब प्रेमले बिहेलाई जित्यो तब के सबै थोक पर्फेक्ट भयो त ? वा यो जितले केही नयाँ र पहिलेभन्दा पनि बढी उल्झनहरू पैदा गरिदियो ?
आजको बिहे
इतिहासकार स्टेफनी कुन्ट्ज लेख्छिन्, प्रेमले बिहेलाई पहिलेभन्दा कयौँ गुणा मुस्किल र नाजुक बनाइदियो । किन ? किनभने जब बिहे एउटा सौदा थियो, तब त्यसका सर्तहरू प्रस्ट थिए । आस धेरै थिएन । तर आज ? आज हामीले एउटै मान्छेमाथि आसको पुरै पहाड लदाइदिएका छौँ । आज हामी चाहन्छौँ कि हाम्रो जीवनसाथी हाम्रो सबैभन्दा मिल्ने साथी होस्, सबैभन्दा उग्र प्रेमी होस्, हाम्रो सपोर्टर होस्, बराबरको आर्थिक साझेदार होस् र हाम्रो पर्सनल थेरापिस्ट पनि होस् । हामीले एउटै मान्छेबाट एउटा पुरै गाउँको काम गर्ने आस राखेका छौँ । यो एउटा यस्तो बोझ हो जो इतिहासमा कुनै पनि बिहेले उठाएन ।
यही आसको बोझमाथि, २०औँ शताब्दीमा महिलाहरूको दुनियाँमा एउटा ठुलो क्रान्ति भयो । बराबरीको माग, शिक्षा र आर्थिक स्वतन्त्रता । महिलाहरू घरबाट बाहिर निस्किए तर समस्या यो भयो कि महिलाहरू त बदलिए तर बिहेको सिस्टम जस्ताको तस्तै रह्यो । समाज आज पनि महिलाबाट आस गर्छ कि उनी जागिर खानुको साथसाथै घरको पुरै जिम्मेवारी पनि उठाउँछिन् । यो दोहोरो मारले महिलाहरूमाथि बोझ बढायो र सम्बन्धमा टकराव पैदा गर्यो ।
यहीँबाट सम्बन्ध विच्छेदको भूमिका बदलिन्छ । आज बढ्दो सम्बन्ध विच्छेदको दर देखेर मानिसहरु भन्छन् कि बिहेको संस्था कमजोर हुँदै छ तर यो आधा सत्य हो । सम्बन्ध विच्छेद यो कुराको सबूत हो कि मानिसहरू एउटा दुःखी र प्रेमरहित बिहेलाई अब अरू सहिनराख्न तयार छैनन् र सम्बन्ध विच्छेद आफैँमा कुनै समस्या होइन । यदि हामी बिहेको सुरुवातलाई बुझौँ भने यो सधैँदेखि एउटा कन्ट्र्याक्ट रहेको छ । एउटा सम्झौता । यो कुनै बाँधा मजदुरी होइन कि चाहे जेसुकै होस्, तपाईंले जिन्दगीभर एउटै मान्छेसँग बिताउनुपर्छ । यदि कन्ट्र्याक्टका सर्तहरू, जो आज प्रेम, सम्मान र बराबरी हुन्, पुरा भइरहेका छैनन् भने, त्यो कन्ट्र्याक्टबाट बाहिर निस्किनु कुनै असफलता होइन । यो एउटा अधिकार हो ।
र अब २१औँ शताब्दीमा हामी बिहेको इतिहासमा अर्को एउटा नयाँ र सायद सबैभन्दा क्रान्तिकारी मोड देखिरहेका छौँ । नयाँ पुस्ताबिच एउटा ‘एन्टी–म्यारिज’ सोचको लहर चलेको छ । उनीहरू बिहेको पुरै परम्परामाथि नै प्रश्न उठाइरहेका छन् । मानिसहरू सोधिरहेका छन् कि प्रेम र साथका लागि कुनै सरकारी वा सामाजिक स्ट्याम्पको जरुरत नै किन छ ? धेरै युवा आज आफ्नो करियर, आफ्नो स्वतन्त्रता र आफ्नो पर्सनल ग्रोथलाई बिहेको परम्परागत बन्धनभन्दा बढी जरुरी ठानिरहेका छन् । उनीहरू पार्टनरसिपमा विश्वास गर्छन् तर त्यसमा ‘बिहे’ को लेबल लगाउनु जरुरी ठान्दैनन् । त्यसो भए के यो बिहेको अन्त्य हो ? वा यो मात्र यसको बदलिने अर्को नयाँ तरिका हो ?
बिहेको हजारौँ वर्षको यात्राबाट हामीले कुनै एउटा कुरा सिक्न सक्छौँ भने, त्यो यो हो– बिहे कुनै ढुंगाको अक्षर होइन । यो सधैँ समाजको जरुरतअनुसार आफूलाई ढाल्दै आएको छ र अगाडि पनि यस्तै हुनेछ ।








रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा
पोखरामा राइज फिटनेसको ३ शाखा संञ्चालन, ५ करोडभन्दा बढी लगानी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया