म्याग्दीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालक घाइते

समाधान संवाददाता २०८२ मंसिर १५ गते ११:२३

पोखरा । म्याग्दीको बेनी दरवाङ सडकखण्ड अन्तर्गत घुमाउनेभीरमा आइतबार राति ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । भैरहवाबाट सिमेन्ट लिएर आएको ग २ ख ०८४० नम्बरको ट्रक बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा तानसेन नगरपालिका–८ मदनपोखरा पाल्पाका ३४ वर्षीय चालक गोविन्दबहादुर खाम्चा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सागर तिमिल्सिनाले जानकारी दिए । प्रहरीका अनुसार घाइतेलाई राति नै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा भर्ना गरिएको छ ।

मालिका गाउँपालिका–६ मा लैजाँदै गरेको उक्त ट्रकमा ३४० बोरा सिमेन्ट रहेको थियो । दुर्घटनापछि ट्रकमा रहेको सिमेन्ट खोलामा डुबेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया