टेनिस टुरमा पहिलो चरणका खेल

पोखरा ।
अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा स्वीकृति प्राप्त ‘आइटिएफ जे३० टेनिस टुर पोखरा’को आठौं संस्करण अन्तर्गत पहिलो सर्किट सोमबारबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले सुरुआत गरे ।
उनले आइटिएएफ जे ३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरे । पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको बताउँदै उनले भने, ‘यो प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ ।’
सहभागी खेलाडीलाई स्वागत तथा जितको शुभकामना दिँदै उनले पोखरालाई खेलकुदमार्फत चिनाउन टेनिसको महत्वपूर्ण भूमिका भएकाले पर्यटन बोर्ड यसमा सहकार्य गर्दै अघि बढेको सुनाए । कास्की टेनिस संघका अध्यक्ष राजकुमार गुरूङले आठौंं सस्करणको यात्रामा प्रतियोगिता अझै प्रभावकारी बन्दै गएको बताउँदै मुलुकको विषम परिस्थितिमा पनि १६ देशका खेलाडीको सहभागिता हुनु गर्वको विषय रहेको उल्लेख गरे ।
कास्की टेनिसका सचिब भिष्मराज पौडेलले प्रतियोगिताको सफल व्यवस्थापनकै कारण पोखरामा आएर खेल्न खेलाडी उत्साहित रहेको जनाउँदै टेनिसले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वपूर्ण भूमिका खेलेको जनाए । कार्यक्रममा नेपाली टेनिसमा उदाएकी यूवा खेलाडी शिवाली गुरूङलाई कास्की टेनिस संघले सम्मान गरेको छ ।
मंसिर २७ गतेसम्म लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना छन् । प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, बंगलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिंगापुर, मलेसिया, श्रीलंका, इजरायल, हङकङका खेलाडीको सहभागिता छ ।
प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष उमेर समूहमा हुने प्रतिष्पर्धाका विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाईनलिस्टले ९ अंक, क्वाटर फाइनालिस्टले ५ र आर १६ ले २ अंक प्राप्त गर्ने छन् । त्यस्तै, डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ अंक, सेमिफाइनालिस्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्ने छन् ।
प्रतियोगितामा ब्वाइज सिंगल्स तथा डबल्स/गल्र्स सिंगल्स तथा डबल्स गरी जम्मा ४ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसमा विजेता तथा उपविजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्ने छन् ।
प्रतियोगिता गर्न १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश लगायतको सहकार्य छ ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया